काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सुरु गरेको सहकारी विकास कोषमा ६६ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भएको छ । नेपाल सरकारसहित विभिन्न संघसंस्थाको सहयोगबाट उक्त रकम जम्मा भएको हो ।
महासंघले केही समयअघि सार्वजनिक सूचना जारी गरी सहकारी संघसंस्थालाई विकास कोषमा योगदान गर्न आह्वान गरेको थियो । कोषमा भारतको इफ्कोको १६ लाख र नेपाल सरकारको १० लाख रुपैयाँ सहित ६६ लाख ३९ लाख ३ सय ६० रुपैयाँ जम्मा भएको महासंघकी महासंघकी महाप्रवन्धक चित्रा कुमारी सुब्बाले जानकारी दिइन् ।
कोषमा झापाको मेची सहकारीले २ लाख ५० हजार, जिल्ला सहकारी संघ दोलखाले १ लाख १ हजार १ सय ११, काठमाडौंका सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १ लाख १ हजार १ सय १ रुपैयाँ र मनि प्लान्ट सहकारीले ५५ हजार ५ सय ५५ योगदान गरेका छन् ।
यस्तै इटहरीको महिला बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार, झापाको पूर्वी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार र विराटनगरको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार रुपैयाँ जम्मा गरेका छन् ।
कोषको पैसाबाट आर्जित ब्याजदरबाट महासंघले तालिम, शिक्षामा खर्च गर्ने योजना बनाएको छ । ‘मूल पुँजी नमासिने गरी ब्याजबाट मात्रै खर्च गर्ने योजना बनाएका छौं’ सुब्बाले भनिन्, ‘अहिलेसम्म खर्च गर्न सुरु गरेका छैनौं ।’
ब्याज तथा लगानीबाट प्राप्त प्रतिफलबाट समसामयिक विषयमा बहस, पैरवीका साथै प्रवद्र्धनात्मक कार्यक्रम गर्न महासंघले कोष बनाएको हो । कोषमा संस्थाहरुले स्वेच्छिक रुपमा योगदान गर्न सक्ने ब्यवस्था गरिएको छ । महासंघले कोषमा योगदानको आधारमा सहकारी संघसंस्थालाई प्रोत्साहन, सुविधा, सम्मान गर्ने समेत बताएको थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया