‘मोर देन बैंक’ बन्दै सहकारी : सदस्यलाई जन्मदेखि मृत्युपर्यन्त सेवा   

‘मोर देन बैंक’ बन्दै सहकारी : सदस्यलाई जन्मदेखि मृत्युपर्यन्त सेवा    :: Sahakari Akhabar

काठमाडौं । बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था सहकारीलगायतका वित्तीय कारोबार गर्ने संस्थामा बचत गर्दा निश्चित प्रतिशत ब्याज पाइन्छ भने गाह्रो साह्रोमा खर्च चलाउन तथा ब्यवसाय गर्नका लागि ऋण पनि । तर, वित्तीय क्षेत्रको यो भिडमा सहकारीको सेवा बचत तथा ऋणमा मात्र सिमित छैन ।

सिद्धान्तत ‘मोर देन बैंक’ को अवधारणामा अघि बढेका संस्थाहरुले आफ्ना सदस्यहरुलाई जन्मदेखि मृत्युपर्यन्तसम्म सेवा दिएको छन् । जसको कारण वित्तीय संस्थाहरुको भिडमा पनि सहकारीहरुले आफ्नो अलग पहिचान स्थापित गर्न सफल छन् ।

सहरी क्षेत्रमा संचालित एकाध संस्था जो सहकारी सिद्धान्त अनुसार संचालित छैनन, त्यसबाहेक अधिकांश सहकारीहरु सदस्यलाई जन्मदेखि मृत्युपर्यन्तसम्म सेवादेखि सामूदायिक काममा समेत सक्रिय छन् । एउटा सदस्य सुत्केरी हुँदा बच्चालाई न्यानो कपडा र सुत्केरीलाई पोषणयुक्त खाना बोकेर सहकारी नै पुग्छ भने सदस्यको मृत्युहुँदा राहत बोकेर पनि सहकारीले उपस्थिती जनाउछ । नयाँ बुहारी स्वागतदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा भत्ता सहकारीले नै दिन्छ ।

सामुदायिक काममा पनि सहकारीको सक्रियता उतिक्कै छ । स्वास्थ्य शिविर, रक्तदान, अंगदान, सरसफाइ, वातावरण संरक्षण, समाजमा देखिएका विकृति, विसंगति, बेथिति र हिंसाका घटना न्यूनीकरणको लागि सहकारीले अभियान नै चलाएको पाइएको छ । महिला, बालबालिका तथा निम्न वर्गका समुदायलाई माथी उठाउन सहकारी सक्रिय छन् । प्राकृतिक विपत्तिको बेला पनि सहकारीहरु उद्धार, राहत र पुनस्र्थापनामा उल्लेखनीय काम गरेको जानकारहरु बताउँछन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व सिइओ डा. शिवजी सापकोटा बचत ऋण सहकारीहरु मुलत बैंक नै भएपनि यिनीहरुको सेवा बैंकले दिने भन्दा बढि हुने बताउछन् । ‘बचत तथा ऋण सहकारीहरुले बैंकको जस्तो बचत तथा ऋणको सेवा दिन्छन् नै’ उनले भने, ‘सदस्यको आवश्यक्ता र सामूदायिक हितमा पनि विविध काम गर्ने भएकाले यीनीहरु बैंक भन्दा फरक हुन्छन् ।’

त्यतिमात्र नभई विकास निर्माणका काममा पनि सहकारी अग्रसर हुने गरेको पाइएको छ । बाटो–घाटो, सिँचाइ, सार्वजनिक तथा सामुदायिक घर निर्माणलगायत क्रियाकलापमा सहकारीले अग्रसरता लिएका छन् ।सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी सहकारीले बचत तथा ऋण अतिरिक्त सदस्य र समुदायको हितमा उल्लेख्य काम गरेको बताउँछन् ।

‘सदस्यको आर्थिक जीवन उठाउन उद्यम विकास, गरिबीबाट माथि उठाउन जोड दिएका छौं’ गिरी भन्छन्, ‘विपन्नलाई आवास कार्यक्रमका साथै सदस्यलाई व्यवसायिक कृषि, सामाजिक सुरक्षामा जोड दिएका छौं ।’ नवलपरासीको बिकु बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल सहकारीले सदस्यलाई गर्भदेखि स्वर्गसम्मका आइपर्ने सेवा दिने गरेको बताउँछन् ।

‘सहकारीले वित्तीय कारोबार मात्र गरेर पुग्दैन’ पौडेलले भने, ‘यसो गर्न सके सदस्य सहकारीसँग हुन्छन् ।’ विकुले कक्षा १ देखि १० कक्षासम्म ६० जनालाई छात्रवृति दिइरहेको छ । सुत्केरी सहयोग, गर्भवतीलाई पोषिलो आहार,२ सय देखि ५ सय सदस्यलाई व्यवसायिक तालिम, सदस्यको करेसाबाली–हरियो तरकारी, बुढेशकालको सहारा टेक्ने लौरो लगायतका गतिविधि गर्ने गरेको पौडेल जानकारी दिए ।

काभ्रेको बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्य सुरक्षण कार्यक्रममा प्राथमिकता दिदैँ आएको छ । यस्तो सेवा सदस्यले ६१ हजारसम्म निःशुल्क पाउने गरेको लामा बताउँछन् । सदस्यको मृत्यु हुँदा परिवारलाई २० हजार किरिया खर्च दिने गरिएको छ । सुत्केरीलाई २ पटकसम्म ५ सय रुपैयाँ खर्च पनि दिने गरिएको संस्थाले जनाएको छ ।

संस्थाले सहकार्यमा स्वास्थ्य शिविर र ब्याज अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी काठमाडौंको सज्जन महिला बचत तथा ऋण सहकारीले जेष्ठ नागरिकलाई तिर्थयात्रा लैजाने देखि नारी दिवसमा कविता प्र्रतियोगिता तथा सदस्यको स्वास्थ्य परिक्षण गर्ने गरेको अध्यक्ष सिमा पुरीले जानकारी दिइन् ।

पेखराको पोखरा रोयल सहकारीले पौढ शिक्षादेखि ७५ वर्ष पुगेका सदस्यलाई वार्षिक ५ हजार पेन्सन जस्ता सेवा दिदै आएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व सिइओ डा. शिवजी सापकोटा बचत ऋण सहकारीहरु मुलत बैंक नै भएपनि यिनीहरुको सेवा बैंकले दिने भन्दा बढि हुने बताउछन् । ‘बचत तथा ऋण सहकारीहरुले बैंकको जस्तो बचत तथा ऋणको सेवा दिन्छन् नै’ उनले भने, ‘सदस्यको आवश्यक्ता र सामूदायिक हितमा पनि विविध काम गर्ने भएकाले यीनीहरु बैंक भन्दा फरक हुन्छन् ।’



Leave a comment