सञ्चालनमा आयो कोप कार्ड

सञ्चालनमा आयो कोप कार्ड :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारीको कारोबार सहज गराउनका लागि कोप कार्ड (एटीएम) सञ्चालनमा ल्याएको छ । बैंकले स्थापना दिवसको अवसर पारेर बिहीकार कोप कार्ड लञ्च गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोप कार्डको उद्घाटन गरिन् ।

ग्लोबल आइएमई बैंकको सहकार्यमा सहकारी बैंकले कोप कार्ड सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजीले सहकारीका कार्ड उपलब्ध गराएको हो । यसले भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा एटीएम कार्ड, स्मार्ट क्युआर र मोबाइल बंैकिङ प्रणाली मार्फत  सेवा दिदैं आएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजीले  सय भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेको जनाएको छ । प्रभावकारी सेवा दिन बैंकसँग साभेदारी गरेको हो । यो कार्ड अन्र्तराष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित छ । नेपाल तथा भारतका एटीएम ओपीएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिन्छ ।

सदस्यलाई कोप कार्ड वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यले खाताबाट निकाल्न सक्छन् । ओपीएसको माध्यमबाट वस्तु तथा सेवा पनि खरिद गर्न सकिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले सहकारीमा प्रविधिको महत्व र उपयोगिताको बारेमा प्रस्तुती दिए ।

यो सुविधाबाट सदस्यको सहकार प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम हुने र कार्यालय समयभन्दा अरुबेला नपाइने समस्या हट्ने उनले बताए । ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले कोप कार्डले सहकारीलाई लाभ मिल्ने बताए ।

स्मार्टच्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोख्ररेलले यसले विद्युतीय भुक्तानीमा सहकारी क्षेत्र पनि जोडिएको बताए । यसले सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने उनले बताए । 



Leave a comment