सहकारी बैंकको इ–लाइब्रेरी, ऐन, नमुना नीति तथा सूचनामुलक सामाग्री एकैठाउँमा 

सहकारी बैंकको इ–लाइब्रेरी, ऐन, नमुना नीति तथा सूचनामुलक सामाग्री एकैठाउँमा  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले इ–लाइब्रेरी स्थापना गरेको छ । बैंकको २० औं स्थापना दिवसका अवसरमा विहिबारदेखि सुरु गरिएको लाईब्रेरीको विहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उद्घाटन गरे ।

लाइब्रेरीमा सहकारीका ऐन, कानुन, निर्देशन तथा परिपत्रका साथै नमुना नीति तथा कार्यविधिहरु, तालिमका भिडियोहरु, लेख रचनालगायतका शिक्षा तथा सूचनामुलक सामाग्रीहरु राखिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारीको अध्ययन, अनुसन्धान गर्न इ–लाइब्रेरीले योगदान गर्ने बताए । यसबाट सहकारीसम्बन्धी कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्न तथा संस्थाहरुको कामलाई समेत सहज हुने उनको भनाइ छ ।



Leave a comment