कोपोमिसमा १७ हजार आवद्ध : सहकारी सफ्टवयरको गाइडलाइन बनाउँदै विभाग 

कोपोमिसमा १७ हजार आवद्ध : सहकारी सफ्टवयरको गाइडलाइन बनाउँदै विभाग  :: Sahakari Akhabar

काठमाडौं । सहकारी तथा गरिबी निवारण प्रणाली कोेपोमिसको युजर र पासवर्ड लिने बढेका छन् । सहकारी विभागका अनुसार पछिल्लो ५ महिनामा ८ हजार १ सय ३५ संस्थाले युजर पासवर्ड लिएका छन् ।

त्यसमध्ये ४ हजार ५ सय ३० संस्थाले कोपोमिसमा लगइन गरेका छन् । साउन १ गतेसम्म यस्तो प्रगति भएको विभागले जनाएको छ । विभागका अनुसार समष्टिगत विवरण बुझाउने सहकारीको संख्या ५ हजार ५४ वटा छन् ।

रुद्रप्रसाद पण्डित रजिष्ट्रारमा नियुक्त भएसँगै कोपोमिसमा अनिवार्य सहकारी प्रविष्ट गर्ने व्यवस्था कार्यान्वयन गरेसँगैै कोपोमिस कार्यान्वयन हुने क्रम बढेको पाइएको छ । विभागका अनुसार माघ २९ गतेसम्म ९ हजार २ सय २ संस्थाले मात्रै युजर पासवर्ड लिएका थिए । ५ हजार ५ सय ६५ संस्थाले कम्तीमा एकपटक युजर र पासवर्ड लिएका थिए ।

विभागले आन्तरिक राजस्व कार्यालयलाई कोपोमिसमा आबद्ध सहकारीलाई मात्रै करचुक्ता प्रमाणपत्र दिने व्यवस्था गर्न लगाएपछि आबद्ध हुने क्रम बढेको हो । विभागका इञ्जिनियर अमोद पुडासैनीले १७ हजार ३ सय ३७ सहकारीले पासवर्ड लिएको बताए । त्यसमध्ये १० हजार ३ सय ९५ ले कम्तीमा एकपटक लगइन गरेका छन् ।

विभागले समष्टिगत विवरण कोपोमिसमा राख्नुपर्ने व्यवस्था गरेको छ । ५१ वटा विवरण समेटिएका छन् । इञ्जिनियर पुडासैनीले धेरै सहकारीलाई इमेल चलाउन नसक्ने स्थिति रहेको बताए । बैंकको समन्वयमा तालिम लिएको र पासवर्ड दिएको उनले बताए ।

विभागले कोपोमिसको पासवर्ड (चाबी) सबैलाई दिन अभियानसँग सहकार्य गर्दै आएको छ । सबै सहकारीलाई एकै ठाउँमा भेला गरेर डेटा क्याम्पेनिङ गरेर भएपनि कोपोमिसमा आबद्धको संख्या बढाउने विभागको तयारी छ । ‘नियमित रिर्पोटिङ गर्ने प्रणाली व्यवस्थित गर्न लागेका छौं,’ उनले भने,‘कोपोमिसमा सबै सहकारी आए वास्तविक तथ्यांक आउँछ ।’

सहकारी क्षेत्रमा काम गर्न ७५ वटा सफ्टवेयर बजारमा आएका छन् । विभागले सफ्टवेयर सञ्चालन गर्न गाइडलाइन तयार गर्ने योजना बनाएको छ । ‘डेटा सेक्युरिटी, कोपोमिससँग सञ्जालीकरण गर्नका लागि  मानक तय गर्ने गृहकार्य गरिरहेको पुडासैनीले बताए ।



Leave a comment