सहकारी बैंक २० औं वर्षमा, कोप कार्डको औपचारिक सुरुवात गर्दै  

सहकारी बैंक २० औं वर्षमा, कोप कार्डको औपचारिक सुरुवात गर्दै   :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघसंस्थाहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भएको बैंकले २०६१ साउन १९ गतेबाट कारोबार सुरु गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको ईजाजत २०६७ साउन १० गते पाएको थियो ।

देशभर ६८ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको बैंकले आर्थिक वर्ष २०७८÷०७९ को असारमसान्तसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ सेयर पूँजी संकलन गरेको छ । करिब १६ हजार भन्दा बढि संघसंस्था सदस्य रहेको बैंकको सम्पत्ति करिब ६० अर्ब पुगेको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको सेवामा बैंकले प्रभावकारी सेवा दिन तत्पर रहेको बताए । बैंकका लेखा सदस्य मित्रराज दवाडीले सदस्यलाई नयाँ प्रविधि दिन लागिएको जानकारी दिए ।

बैंकले स्थापना दिवसकै अवसमा कोप कार्ड औपचारिक रुपमा सुरुवात गर्दैछ । १० वर्षे रणनीतिक योजना तय गरी ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ बनाउन लागिपरेको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई बताउँछन् । 



Leave a comment