उजुरी पछि सदस्यको बचत फिर्ता गर्न संचालकहरु सहमत 

उजुरी पछि सदस्यको बचत फिर्ता गर्न संचालकहरु सहमत  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । पछिल्लो समयमा नेपालका विभिन्न स्थानमा सहकारीहरुमा धेरै समस्या देखिएका छन् । जम्मा भएकोे सदस्यको बचत रकम फिर्ता नगर्ने, सस्था नै ताला लगाएर संचालकहरु भाग्ने क्रम बढीरहेको छ ।

सहकारीका विकृति हरेक दिन सार्वजनिक भईरहेको अवस्थामा मोरङको पथरीशनिश्चरे–५ मा रहेको सुन्दह सहकारीले पनि ८ महिना देखी बचत कर्ताको रकम फिर्ता नगरेको पाइएको छ । गाउघरमा आपतविपत पर्दा समस्या टार्नका लागि खेति किसानी गरेर कमाएको रकम सस्थामा जम्मा गरेका बचतकर्ताहरु यति बेला आफ्नै पैसा माग्न कहिले नगरपालिका, वडा कार्यलय त कहिले सस्थामा नै बसेर कचरी गरिरहेका छन् ।

विगत ८ महिनादेखी आफ्नो बचत रकम फिर्ता माग्न उनिहरु विभिन्न निकायका ढोका ढकढक्याउन पुगे तर कसैबाट न्यायका लागि पहल नभएपछि यतिबेला उनिहरु प्रहरी प्रशासनको सहयोग माग्न इलाका प्रहरी कार्यालय पथरीमा पुगेका थिए ।

प्रहरी कार्यालयमा उनिहरुले सुन्दह सहकारीबाट आफुहरू ठगीमा परेको भन्दै पिडित मध्येका दीपा खड्का, रानु सुवेदी, चन्द्रकला रिमाल लगायत दर्जन बढिले सस्थाका अध्यक्ष सहित अन्य पदाधिकारीलाई पक्राउ गरी छानविन गर्न भन्दै उजुरी दिएका थिए ।

उजुरीपछि प्रहरीले सस्थाका अध्यक्ष र संचालक समितीमाथी छानविन सुरु गरेको थियो ।  प्रहरीको छानविनपछि आफुहरुले पैसा पाउने आशा पलाएको पिडित दीपा खड्काले बताईन् । सहकारीका अध्यक्ष एल.वि भनिले लाल बहादुर भण्डारी, व्यवस्थापक विश्व चौधरी र कर्मचारी राजेन्द्र तामाङलाई विपक्षि बनाएर १ करोड ५० लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनिहरुमाथी उजुरी परेको हो ।

पछिल्लो समय भण्डारी सुन्दहमा पूनः अध्यक्ष भएर आएपछि सस्थाको रकम हिनामिना गरेको आरोप उनिमाथी लागेको हो । यता भण्डारी भने सस्थाको अघिल्लो समितिले बुझाएको बासलात सहि भएपनि  पासबुकमा भएको हिसाव नमिलेका कारण सस्था बन्द गर्नुपरेको र आफुले रकम हिनामिना नगरेको बताउदै आएका छन् ।

२०७० सालदेखि सञ्चालनमा आएको साकोसले ३ सय बढी बचतकर्ताको १ करोड ५० लाख बढी रकम फिर्ता गर्न बाकी रहेको जनाईएको छ ।  तर विगत ८ महिना देखी संचालकहरु सहकारीमा ताला लगाएर लाखापाखा लागेपछि आफुहरु मर्कामा परेको पिडीत रानु सुवेदीले  बताईन ।

भण्डारी नेतृत्वको संचालक समितिको खराब नियत र कर्मचारीको मिलेमतोमा सस्थामा मनमर्जी रुपमा हिसाब मिलान गर्ने गरेका कारण सस्था टाँट पल्टिने अवस्थामा पुगेको र बचत फिर्ता गर्न नसक्ने अवस्थामा सहकारीलाई पुर्याएको भण्डारी नेतृत्वमाथी आरोप लागेको छ ।

भण्डारी सो सहकारीका स्थापना कालका अध्यक्ष हुन् । बिचमा साधारणसभा गरेर सुन्दह सहकारी छाडेका भण्डारीले पथरीशनिश्चरे नगरपालिका वडा नम्वर–६ मा अर्को कुटो कोदाली कृषि सहकारी दर्ता गरेर सञ्चालन गरिरहेका छन् । पछिल्लो समय भण्डारी सुन्दहमा पूनः अध्यक्ष भएर आएपछि सस्थाको रकम हिनामिना गरेको आरोप उनिमाथी लागेको हो ।

यता भण्डारी भने सस्थाको अघिल्लो समितिले बुझाएको बासलात सहि भएपनि  पासबुकमा भएको हिसाव नमिलेका कारण सस्था बन्द गर्नुपरेको र आफुले रकम हिनामिना नगरेको बताउदै आएका छन् । सोमबार प्रहरी कार्यालयमा भएको छलफलमा सहकारी सस्थाले आगामी भदौ महिनाभरीमा बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गर्ने लिखीत सहमति भएको पिडीत जनक खड्काले बताए ।



Leave a comment