नवजागरण साकोस २४ वर्ष पुरा, साढे चार करोड सेयर पूँजी

नवजागरण साकोस २४ वर्ष पुरा, साढे चार करोड सेयर पूँजी :: Sahakari Akhabar

रामेछाप । मन्थलीमा रहेको नवजागरण साकोसले २४ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ । संस्थाले स्थापना दिवसका अवसरमा गत असार सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाको सेयर पुँजी ४ करोड ५६ लाख पुगेको छ । ३९ करोड ९९ लाख निक्षेप संकलन गरी ३९ करोड १ लाख कर्जा प्रवाह गरेको छ । जगेडा कोषमा ९ करोड ५८ लाख, अन्य कोषमा ३८ लाख, ऋण सुरक्षण कोषमा २ करोड ३४ लाख जम्मा भएको संस्थाले जनाएको छ । संस्थाले गत आर्थिक वर्षमा १ करोड ५८ लाख भन्दा बढी खुद बचत गरेको छ । संस्थाका ७ हजार ७ सय ७० जना सदस्य छन् । 
 



Leave a comment