विन्धबासिनी साकोसमा रोजगारी खुल्यो 

विन्धबासिनी साकोसमा रोजगारी खुल्यो  :: Sahakari Akhabar

काभ्रे । विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न पदमा ५ जनाका लागि आवेदन मागेको हो । सातौँ तहको कार्यालय व्यवस्थापक मागेको छ । सेवासुविधा संस्थाको नियमानुसार हुने जनाइएको छ ।

व्यवस्थापन तथा अर्थशास्त्र मूल विषय लिई स्नाकोत्तर उतीर्ण गरी बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, एवम् सार्वजनिक संस्थानमा ऋण व्यवस्थापन, लेखा व्यवस्थापन, जनप्रशासनसम्बन्धी व्यवस्थापकीय तहमा रही २ वर्ष कार्य अनुभव भएकोले आवेदन दिन पाउनेछन् ।

छैठौ तहको सहायक कार्यालय व्यवस्थापक एक जना मागेको छ । व्यवस्थापन तथा अर्थशास्त्र विषय लिई स्नातक गरी बैंक तथा वित्तीय संस्था, सहकारी तथा सार्वजनिक संस्थानमा १ वर्ष कार्यअनुभव भएकाले आवेदन दिन पाउनेछन् । व्यवस्थापक वा अर्थशात्तस्मा स्नाकोत्तर पास गरेकोलाई अनुभव नभए पनि हुने सूचनामा उल्लेख छ ।

द्धितिय तहको बजार उत्प्रेरक २ जना मागिएको छ । एसईई उर्तीण गरी बैंक तथा वित्तीय संस्थामा एक वर्ष अनुभव प्राप्त वा दशजोड दुई पास गरेका व्यक्तिले रोजगारी पाउनेछन् ।आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्र, सम्बन्धीत कामको अनुभव, सवारी चालक अनुमति प्राप्त र १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछन् । 



Leave a comment