काठमाडौं । हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं सेवाकेन्द्र भरतपुर–१० एयरपोर्ट गेट नजिकै सुरु भएको छ । सेवाकेन्द्र संयोजक भानुभक्त कंडेलको अध्यक्षता तथा भरतपुर वडा न.१० का वडाध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।
ह्ब कोअपरेटिभका अध्यक्ष दक्षप्रसाद पौडेलले हब कोअपरेटिभ सर्भिसको संस्थागत परिचय, दीर्घकÞालीन उद्धेश्य / लक्ष / सेवाप्रवाहका सम्बन्धमा प्रकाश पारेका थिए । कंडेलले शाखाको गतिबिधि र कार्ययोजनाका बारेमा धारणा राखे । चनौली शीतभण्डार सहकारी संस्थाका अध्यक्ष एवं शाखाका सचिव सूर्यमणी पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment