यसरी स्थापित भयो सिएमसी कास्की 

यसरी स्थापित भयो सिएमसी कास्की  :: Sahakari Akhabar

व्यवस्थापकहरुको टिम बनाएर सिक्ने र सिकाउने उद्देश्यले हामीले म्यानेजर्स क्लव गठन गरेका हौं । दर्ताका आधारमा हामी अगाडी भएपनि काम सुरु गर्नेमा भने काभ्रे नै अघि भयो । क्लव गठन भएपछि सुरुमा संचालकहरुलाई सहकारीमा युनियन आयो भन्ने भ्रम भयो । तर, हामीले काममा विश्वास गरेर अघि बढ्यौं र यसलाई चिर्न सफल भयौं ।

सुरुवाती दिनमा कार्यालय स्थापना गर्न नै समस्या भयो । हिजोका दिनमा सिएमसी के हो ? भन्ने थियो । कामले सिएमसीलाई चिनायो । अभियानकै कामका लागि पर्दा सुरुमा विरोध भएपनि पछि खोज्दै आउने अवस्था बनायौं । हामीले सञ्चालकको क्षमता वृद्धि गर्न लागेका थियौं तर सञ्चालकलाई म्यानेजर्सले पढाउने ? भनेर विरोध भयो । हामीले भन्यौं, सञ्चालकलाई पढाउने म्यानेजर्सले नै हो ।

काठमाडौंबाट प्रशिक्षक लैजाँदा महंगो पर्न जान्छ । हामीले खर्च धान्ने मात्रै शुल्क लिएर तालिम गरेका छौं । यसबाट अभियान ब्यवस्थित गर्न थप मद्धत पुगेको छ । पछिल्लो समय सिएमसि कास्कीले १७ जना प्रशिक्षक पनि उत्पादन गरेको छ । कर्मचारी खुसी भएमा मात्रै संस्थाले प्रभावकारी सेवा दिन सक्छ । त्यसपछि मात्रै सदस्य खुसी बनाउन सकिन्छ ।

त्यसैले पोखरा रोयल सहकारीको भन्नुपर्दा हामी कर्मचारीलाई सम्मान गर्छौ । सेवासुविधा अनिवार्य दिन्छौं । घुम्न जाने वाध्यात्मक अवस्था नै सिर्जना गरेका छौं । कर्मचारीलाई शिक्षा, स्वास्थ्य, जीवन बिमालगायतका सुविधा दिएका छौं । सहकारीमा राम्रो जनशक्ति टिकाउन त्यही अनुसार सेवा सुविधा दिनुपर्छ । सहकारी संस्थाले कर्मचारी टिकाउन ध्यान दिनैपर्छ । पारिश्रमिक, सेवासुविधा, सहुलियत ऋण दिनुपर्छ ।

(सिएमसी कास्कीका संस्थापक अध्यक्ष ढकालद्धारा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको आयोजनामा भएको व्यवस्थापन प्रमुखहरुको गोष्ठीमा व्यक्त गरेका अनुभवको सम्पादित अंश )



Leave a comment