सहकारीमा कर्मचारी व्यवस्थापन कसरी ?

सहकारीमा कर्मचारी व्यवस्थापन कसरी ? :: Sahakari Akhabar

पछिल्लो समय सिएमसी कास्की स्थापना भएपछि यसमा आबद्ध हुँदै गएपछि कर्मचारीको स्टाटस पनि बढेको छ । सिएमसि कास्कीमा १३५ जना आबद्ध हुनुहुन्छ । तालिम दिइरहेका छौं । व्यवस्थापकहरुको क्षमता, सहकारीहरुमा एकरुपता भन्ने अभियानका साथ सिएमसी कास्कीले गतिविधि अघि बढाएको छ ।

कोन सामूदायिक बचत तथा ऋण सहकारीमा चार हजार सदस्य छन् । १७ जना कर्मचारी र २ अर्बको वित्तीय कारोबार छ । अहिलेसम्म सेवा केन्द्र खोलेका छैनौं एकै ठाउँबाट सेवा दिइरहेका छौं । म प्रवेश गर्दा ८ करोडको संस्था थियो, अहिले २८ करोडको बनेको छ । समुदाय केन्द्रित भएका छौं । संस्थाको सेवा सुविधा पनि उचित छ ।

कर्मचारीलाई ‘कुर्सीलाई माया नगर, कामलाई विश्वास गर’ भन्ने गरेकोछु । यदी कुर्सीलाई माया गरिन्छ भने अरुले दास बनाइरहेको हुन्छ । उसको इसारामा नचाइरहेको हुन्छ । जब तिमी सफल हुन्छौं, अटोमेटिक त्यो तहको संस्थाबाट माग बढ्छ । यो मेरो अनुभव र भोगाइ पनि हो । यही कारणले आज म कास्की कै एक अग्रणी संस्थाको ब्यवस्थापन नेतृत्व सम्हालीरहेको छु ।

कर्मचारी व्यवस्थापनका कुरा गर्दा हामीकहाँ बैंकिङ स्टाफ बढी छन् । १४ / १५ जना कर्मचारी महिला हुनुहुन्छ । ६ / ७ जनामात्र पुरुष छौं । धेरै महिला हुनुमा सहकारीमा भावना मिलेर पनि होला । जेन्स एग्रेसिभ हुने, लेडिज लोयल हुने भएकाले पनि महिलाको संख्या बढी भएको हो । जेन्स कामग र्दा गर्दै  विदेश जाने, छोडेर अन्यत्रजाने प्रवृति हुन्छ । बुहारीहरु भएमा संस्था छोडेर अन्यत्र जाँदैनन् भन्ने हुन्छ ।

संस्थामा आउपछि मैले ९ वटा नीति बनाए । कर्मचारी नीति परिमार्जन गरी मानव संशाधन नियमावली बनाइएको छ । ती नीतिहरु सञ्चालक समिति तथा साधारण सभाले पारित गर्यो । कर्मचारीका समस्या समाधान गर्ने विषय सम्बोधन गरियो । प्रमुख कार्यकारी अधिकृतको सिँधै अन्र्तावार्ता हुन्छ । परीक्षा दिनु नपर्ने बनाएका छौं ।

क्षमता माथि प्रश्न गर्ने होइन, बोर्डले पहिल्यै देखि अध्ययन गर्ने हो । फेसबुक हेर्ने बित्तिकै व्यक्ति कस्तो भन्ने थाहा पाउनुपर्छ । विज्ञ नै भएकाले सहकारी के हो भनेर परीक्षा गराइरहनु पर्दैन । उसको व्यवसायिक योजना हेर्ने हो । ५ वर्षमा कहाँ पुग्ने भन्ने योजनाका आधारमा अघि बढेका छौं ।

प्रमुख कार्यकारी अधिकृत एक्लैले केही पनि गर्न सक्दैन । त्यो कुरामा म सचेत पनि छु । टिमवर्क मुख्य कुरा हो । म जाँदा केही शर्त तोकिएको थियो । गुड गभर्नेन्स, मेरो टिम कस्तो हुन्छ ? सहयोग गर्ने व्यक्ति पनि लिएर आउने शर्तमा म अहिलेको संस्थामा आएको थिए ।

टिमवर्कमा विश्वास गर्छौ, जिम्मेवारी हस्तान्तरण गर्दै काम गर्छौ । कर्मचारीलाई डिपार्ट छुट्याएको हुन्छ । जिम्मेवारी महत्वपूर्ण कुरा हो । केही समस्या भयो भने जिम्मेवारी निश्चित हुने भएकाले जिम्मेवारी बाँडफाड गरी काम हुन्छ ।

प्रत्येक महिनामा स्टाफ मिटिङ बस्छ । छलफल हुन्छ । ५ गते हामी बैठक बस्छौं । ८ गते बोर्ड बैठक बस्छ । कर्मचारीको जन्मदिन मनाउँछौं । कार्यालय सकिएपछि जन्मदिन मनाइ दिन्छौं । बढीमा १ हजार मात्रै खर्च गर्छौ । जन्मदिन मनाउँदा खर्च गर्नेे होइन उत्सव मनाउने हो भन्ने छ ।

हरेक महिना शुक्रबार कार्यविधिबारे जानकारी गराउँछौं । आफ्ना पोलिसीबारे छलफल हुन्छ । सबैले माथिको तहलाई पनि पढाउनु पर्छ । त्यसो गर्दा अध्ययन गर्ने संस्कार बढ्छ । कर्मचारीलाई सेवा सुविधा नियमानुसार दिइरहेका छौं । पारिश्रमिक, श्रम ऐन अनुसार नै छ ।

पछिल्लो समय सिएमसी कास्की स्थापना भएपछि यसमा आबद्ध हुँदै गएपछि कर्मचारीको स्टाटस पनि बढेको छ । सिएमसि कास्कीमा १३५ जना आबद्ध हुनुहुन्छ । तालिम दिइरहेका छौं । व्यवस्थापकहरुको क्षमता, सहकारीहरुमा एकरुपता भन्ने अभियानका साथ सिएमसी कास्कीले गतिविधि अघि बढाएको छ ।

आवद्ध कर्मचारीको सेवा सुविधा पनि बढेको छ । बैंक तथा वित्तीय संस्थामा काम गर्नेहरु पनि सहकारीमा आकर्षित भएका छन् । सिएमसी २०७३ सालमा स्थापना भएको हो । २०७५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो । वर्षमा चारवटा तालिम गर्ने गरेका छौं ।

(जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको आयोजनामा भएको व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीमा पौडेलले राखेको अनुभवको सम्पादित अंश) 



Leave a comment