काभ्रे । धुलिखेलमा दुई दिनसम्म संचालन भएको सहकारीका व्यवस्थापकहरुको गोष्ठी सम्पन्न भएको छ । यही असार ५ र ६ गते होटल सारथीमा भएको गोष्ठीको समापनमा बागमति प्रदेशका भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण सचिव बलराम निरौला, संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको सहभागिता रहेको थियो ।
त्यसैगरी बागमति प्रदेशका सहकारी रजिष्ट्रार नारायण ज्ञवाली र बागमती प्रदेश सहकारी विकास बोर्डका सहअध्यक्ष नारायण देकोटाको समेत उपस्थिति रहेको थियो । जिल्ला सहकारी संघ, काभ्रेले आयोजना गरेको जिल्लाका सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गोष्ठीको कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको व्यवस्थापन रहेको थियो ।
गोष्ठीमा विभिन्न क्षेत्रका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी एम बैंक टेक्नोलोजीका व्यापार प्रमुख सन्जय महासेठले प्रविधिमा सहकारीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ४५ प्रतिशत नेपाली बैंकिङ कारोबारमा आवद्ध भएको बताए ।
त्यसैगरी ९ प्रतिशतसंग डेविट कार्ड र १ प्रतिशतसंग क्रेडिट कार्ड रहेको बताए । महासेठले अब सहकारीका सदस्यहरूले पनि घरमै बसेर सहकारीको सेवा लिन खोजिरहेकोले सहकारीहरु प्रविधि तर्फ अग्रसर हुनुपर्ने बताए । उनले सहकारीहरुले पनि अन्य वित्तिय संस्था सरह सदस्यलाई प्रविधिमार्फत सेवा दिनुपर्ने समय आइसकेको बताए ।
नेपालको जम्मा जनसंख्याको ६० प्रतिशत मानिस स्मार्ट फोन प्रयोगकर्ता रहेको र सन २०२१ मा १ करोड ४१ लाख मानिस मोबाइल बैंकिङ प्रयोगकर्ता रहको महासेठले बताए । त्यसैले दिनानुदिन मोबाई बैकिङ कारोबारको बृद्धि भइरहेको अवस्थामा सहकारीहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
उनले पछिल्लो समय विजुलीको बिल तिर्न, डिस होम, ईन्टरनेट, मोवाईललगायतको रिचार्ज गर्न, बस तथा हवाई टिकट खरिद गर्न मोबाइल बैकिङ सेवा उपयोग हुनथालेको बताए । त्यसैगरी सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर गर्न, सहकारीमा आफ्नो स्टेटमेन्ट हेर्न, खातामा रकम ट्रान्सफर गर्न, वालेट लोड, अनलाइन रेमिटान्स लगाएत थुप्रै सेवाहरू सजिलै उपभोग गर्न मोबाइल बैंकिङ सेवा प्रभावकारी रहेको बताए ।
सहकारीका सदस्य लक्षित गरि एम बैंकले एउटै एपबाट सवै सुविधा दिन थालेको जनाए । मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एम बैंकले देशभरका ५ सयभन्दा बढी सहकारीलाई प्रविधिमा जोडेको उनको भनाइ छ । सहकारी संस्था र संस्थामा आवद्ध सदस्य एमबैंकको सेवाबाट सन्तुष्ट रहेको व्यवसाय प्रमुख महासेठ बताउछन् ।
बैंक वित्तीय संस्था एवं सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्मको माध्यमबाट न्यून लागतमा सबै प्रविधिगत सेवा उपलब्ध गराउने उद्देश्य लिई एमबैंक स्थापना भएको उनको भनाइ छ । जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एम मोबाइल बैंकिङ एप भएको प्रमुख सेठले बताए । यसमार्फत आफ्नो संस्थालाई सजहै प्रविधिमैत्री बनाउन सकिने उनले दावी गरे ।
Leave a comment