सदस्यको स्वः पुँजी लगानी र ऋण रकम लगानीको अनुुपात खुलाइएको हुँदैन । स्वः लगानीको प्रमाण नदेखाउने गरिएको पोखरेल बताउँछन् । कतिपय अवस्थामा छाँया ऋणको पनि अभ्यास भएको पाइएको नेफ्स्कूनका सिइओ पोखरेलले बताए । ‘ऋण परामर्श गरिएको छैन, सदस्यको नेटवर्थ, क्यास फ्लोको प्रकृति नबुझि लगानी गरिएको छ’ पोखरेलले जिल्ला सहकारी संघ काभ्रेले आयोजना गरेको २ दिने गोष्ठीको अवसरमा प्र्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् ।
काठमाडौं । सहकारी क्षेत्रमा ऋणको जोखिम बढ्दै गएको छ । प्रक्रिया पूरा नगरी जथाभावी ऋण प्रयोग गर्नाले सहकारीको ऋणमा जोखिम बढेको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलका अनुसार सहकारीको लापरवाहीका कारण सहकारीमा ऋण नउठ्ने जोखिम बढ्दै गएको छ ।
आवश्यक कागजात नलिने, पर्याप्त धितो नलिने मात्र नभई जथभावी ऋण परिचालन गर्दा सहकारी दिनप्रतिदिन समस्यामा पर्दै गएका छन् । बिना धितो ऋण दिने प्रवृति बढ्दै गएकाले ऋण उठ्न समस्या भएको बताइन्छ । एकाघरमै एकभन्दा बढीलाई बिना धितो ऋण दिइएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउँछन् ।
सहकारी विभागले ३५ बुँदे एकीकृत निर्देशनमा प्रतिव्यक्ति १ लाख भन्दा बढी बिना धितो दिन नहुने निर्देशन जारी गरेको छ । तर, सहकारीले बिना धितोमै मनलाग्दी ऋण प्रवाह गरिरहेका छन् । भाखा नघाएको ऋणीलाई थप ऋण प्रदान गर्दा सहकारीको ऋण उठ्न झन् कठिन देखिन्छ ।
सहकारीले १८ वर्षका सदस्यलाई १ करोडसम्म व्यवसाय ऋण प्रदान गरेको पाइएको छ । ६५ वर्षका व्यक्तिलाई १० वर्षको ऋण पनि दिएको छ । नेफ्स्कूनका सिइओ पोखरेलले ऋणको प्राइमरी युजर नभई सेकेन्डरी युजर रहेको बताउँछन् ।
कुल ऋणको १० प्रतिशत भन्दा बढी डोसरी ऋण रहेको पाइएको छ । ती ऋण नै भाखा नाघेका रहेको पोखरेल बताउँछन् । सहकारीले ऋणको सदुपयोग परीक्षण गरेका छैनन् । जसले गर्दा एउटा शीर्षकमा ऋण लिने र अर्कैमा प्रयोग गर्ने चलन पनि बढ्दै गएको छ ।
व्यवसायिक योजना बिना ऋण दिदाँ सहकारी जोखिममा परेको पोखरेल बताउँछन् । भ्यालुएसन गरेको जग्गाको फेयर मूल्यको ८० प्रतिशत भन्दा माथि लगानी गरिएको पाइएको छ । सहकारीले ७० प्रतिशत भन्दा माथि जान नहुने प्रावधान मिचेका छन् ।
घर निर्माण सम्पन्न भइसकेको १० वर्ष पछि पनि आवास ऋण नै दिइएको छ । हायरपर्चेजमा गरिएको लगानीमा सवारी सधानको फोटोसमेत संलग्न नगरिएको पाइएको छ । कतिपय सहकारीमा तेस्रो पक्ष धितो स्वीकार गरी ऋण प्रदान गरिएको छ ।
कुनै ऋणमा त शतप्रतिशत तेस्रो पक्ष धितो स्वीकार गरी लगानी गरिएको पोखरेल बताउँछन् । सदस्यको स्वः पुँजी लगानी र ऋण रकम लगानीको अनुुपात खुलाइएको हुँदैन । स्वः लगानीको प्रमाण नदेखाउने गरिएको पोखरेल बताउँछन् ।
कतिपय अवस्थामा छाँया ऋणको पनि अभ्यास भएको पाइएको नेफ्स्कूनका सिइओ पोखरेलले बताए । ‘ऋण परामर्श गरिएको छैन, सदस्यको नेटवर्थ, क्यास फ्लोको प्रकृति नबुझि लगानी गरिएको छ’ पोखरेलले जिल्ला सहकारी संघ काभ्रेले आयोजना गरेको २ दिने गोष्ठीको अवसरमा प्र्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् ।
उनका अनुसार ऋणमा भाखा नाघ्नुमा आन्तरिक कारण बढी देखिएको छ । सहकारीले ऋणको नियमित अनुगमन नगर्नु, असुलीको जिम्मेवारी नलिनु, ऋण नीति कार्यविधि नहुनु, असुरक्षित ऋण लगानी गर्दा सहकारीमा ऋण असुलीको जोखिम भयावह भएको छ ।
डोसरी ऋण, व्यवसायिक योजनाको अध्ययन नहुनु, ऋण लगानी पूर्व विश्लेषण तथा ऋण परामर्शको अभाव, ऋण नवीकरण गर्न मिल्छ भन्ने गलत बुझाइ हुनु, धितो मूल्यांकलन हचुवाको भरमा हुनु, क्यालेन्डर बनाएर ऋण असुली नगर्नु, समयसापेक्ष ऋणको सेवा परिमार्जन गर्न नसक्दा पनि सहहकारीमा ऋण नउठ्ने जोखिम बढ्दै गएको नेफ्स्कूनका सिइओ पोखरेल बताउँछन् ।
Leave a comment