सहकारी बैंकको संरक्षित पूँजी फिर्ताकोष बाँडफाँड,  एउटै संस्थाले पायो ५७ लाख 

सहकारी बैंकको संरक्षित पूँजी फिर्ताकोष बाँडफाँड,  एउटै संस्थाले पायो ५७ लाख  :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख सम्म संरक्षितपुँजी फिर्ता कोषबापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षितपुँजीफिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेको हो ।

सहकारी ऐन, २०७४ तथानियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ / संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजकालागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लख ७४ हजार २ सय १९रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ ।

संरक्षितपूँजी फिर्ता कोषबाट प्राप्तहुने रकमसम्बन्धित सदस्य सहकारी संघ / संस्थाको खातामाजम्मागरिएको बैंककाप्रमुखकार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । उनले बचत र कर्जा कारोबार गर्ने १३,७१२ सहकारी संघ÷संस्थाहरुको संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएको बताए ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजारसम्म प्राप्त गरेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक”भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दाबढी रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ / संस्थाहरुलाई आर्थिक वर्ष २०७७ / ०७८ को लागि बैंकको १८औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांस वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पौष ३० गते वितरण गरेको थियो ।

सहकारी ऐन, २०७४ तथानियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीयनिकायहरु मध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम बाँडफाँड गर्ने बैंक पहिलो हो । सहकारीका अधिकांसले शेयरको आधारमा वितरण गरे पनि बैंकले बचत र कर्जा कारोबारको आधारमा वितरण गर्दै आएको बताइएको छ ।



Leave a comment