सिभिल अपार्टमेन्ट लिलामी हुने 

सिभिल अपार्टमेन्ट लिलामी हुने  :: Sahakari Akhabar

काठमाडौं  । सोल्टीमोडस्थित सिभिल बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको भवन लिलामी हुने भएको छ । प्रभु बैंकले सिभिल सहकारी रहेको बिल्डिङ लिलामी गर्ने १५ दिने सूचना जारी गरेको छ । सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ र अध्यक्ष केशवलाल श्रेष्ठलाई ऋण तिर्न आउने सूचना जारी गर्दै लिलामीका लागि बोलपत्र आह्वान गरिएको छ ।

सिलबन्दी बोलपत्रको माध्यबाट भवन बिक्री गरिने भएकाले उक्त सम्पत्ति के कति दरभाउमा खरिद गर्ने हो गोप्प शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । सकार गर्न चाहने इच्छुकले असार १५ गते दिउँसो तीन बजेसम्म बोलपत्र आह्वन गर्न सक्नेछन् ।

सम्पत्ति दाखेल खारेज नामसारी गर्दा सरकारले तोकेबमोजिम राजस्व तिर्नुपर्ने जनाइएको छ । यता सहकारीका पीडितले भने इच्छाराजकै मिलेमतोमा सकार गर्ने र बाँकी पैसा पनि झ्वाम पार्ने चलखेल रहेको गुनासो गरेका छन् ।



Leave a comment