काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सहकारी क्षेत्रमा लगाएको आयकरको विषयमा प्रश्न उठ्दा सहकारी मन्त्री शशी श्रेष्ठले कुनै जवाफ दिइनन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सहकारी ऐन विपरित सहकारी क्षेत्रमा लगाएको आयकर घटाउन माग गरेका थिए । तर त्यस विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जवाफ नदिइ मौन बसेकी छिन् ।
मन्त्रालयको बजेटको विषयमा उठेका प्रश्नको विषयमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठ मौन बनेकी हन् । कर घटाउने विषयमा मन्त्रीले केही नबोलेपछि सांसद धनश्याम खतिवडाले पूनःप्रश्न गर्दै सहकारी क्षेत्रमा लगाइएको कर घटाउने विषयमा मन्त्रालयको धारणा मागेका थिए । तर मन्त्री श्रेष्ठ भने मौन रहँदै कुनै जवाफ दिइनन् ।
सहकारी ऐन विपरित सहकारी क्षेत्रमा कर लगाएको भन्दै अन्य सांसद जस्तै खतिवडाले पनि कर पुरानै कायम गर्न माग गरेका थिए । सांसद खतिवडाले सहकारी स्थिरिकरण कोषको लागू हुनु निकै प्रभावकारी काम भएको बताए ।
Leave a comment