काठमाडौ । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए ।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तनमा समेत सहकारीको भूमिका रहेको बताए । सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गरेका छन् ।
‘राज्यले गर्न नसकेको काम सहकारी गरेको छ’, उनले भने, ‘दूरदराजका दिदीबहिनी, आमाहरुलई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा पनि सहकारीले भूमिका खेलेको छ ।’ सहकारी अभियानप्रति सरकार सकारात्मक रहेको समेत स्पष्ट पारे ।
Leave a comment