सहकारी मन्त्रालयले सुरु गर्यो बजेट कार्यान्वयन पूर्व तयारी

सहकारी मन्त्रालयले सुरु गर्यो बजेट कार्यान्वयन पूर्व तयारी :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बिहीबार मन्त्रालयमा आगामी आर्थिक वर्षको लागि आएको नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रम कार्यान्वयनका विषयमा बैठक राखेकी छन् । उनले प्रभावकारी कार्यान्वयनमा लाग्न माताहतका निकायहरुलाई निर्देशन दिइन् ।

विकासमा देखिएको असारेपनालाई अन्त्य गर्दै समयमा नै आवश्यक नीति, कार्यविधि तथा कार्ययोजना बनाई श्रावण १ गतेदेखि नै कार्यक्रम र बजेट प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी काम गर्न समेत मन्त्री श्रेष्ठले निर्देशन दिइन्  ।

‘हाम्रो समस्या बजेट भन्दा पनि कार्यान्वयनमा ढिलासुस्ती छ’ उनले भनिन् । मन्त्री श्रेष्ठले आगामी दिनमा बजेटको मात्रै पछी नलागी प्रभावकारी कार्यान्वयन र जनताले महसुस गर्ने खालको उपलब्धि हासिल गर्न मातहतका सबै निकायहरुलाई उच्च मनोवलका साथ लाग्न निर्देशन दिइन् ।

भूउपयोग ऐनको प्रभावकारी रुपमा कार्यान्वयनका लागि भूउपयोग नियमावली आइसकेकाले प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयका सहसचिव एव भूमि प्रशासन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन समेत गरिएको छ । 



Leave a comment