प्रविधिको पहुँच विस्तार गर्न : सहकारी महासंघ र इन्फोडेभलपर्स बिच सम्झौता

प्रविधिको पहुँच विस्तार गर्न : सहकारी महासंघ र इन्फोडेभलपर्स बिच सम्झौता :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताए । ‘हामी सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा छौं।’ उनले सम्झौता पछि भने ।

सम्झौता पत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् । महासंघका महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रुपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताइन् ।

इन्फोडेभलपर्सका सिइओ रघु राघुवंसीले इन्फिनिटी सफ्वेयरलगायतको विषयमा प्रस्तुती गरेका थिए । सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । सो कम्पनीले हाल १ हजारभन्दा बढी सहकारी दर्जनौ लघुवित्त र केहि बैंकहरुलाई सेवा दिइएहेका छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिललाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आवद्धता गर्न जोड दिनुपर्ने बताइन । उनले बैकिङ सफ्वेयरमा एक रुपता र विश्वसनियता सिर्जना गर्नुपर्ने बताएकी हुन्  । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा विकु साकोसका सिइओ माधव पौडेलले सहकारीमा प्रविधिको प्रयोग सुशासनको प्रस्थानविन्दु भएको औल्याउँदै इन्फोडेभलपर्सले विकास गरेको इन्फिनिटी सफ्वेयर प्रयोग गरेसँगै डिजिटल सेवा लिने सदस्यहरु बढेको अनुभव सुनाए । विन्धबासिनी साकोसका सिइओ केवी लामाले प्राविधिक सेवा उत्कृष्ट रहेको बताए ।



Leave a comment