Sahakari Akhabar

राष्ट्रिय सहकारी बैंकको सेवा आईतबार पनि 

राष्ट्रिय सहकारी बैंकको सेवा आईतबार पनि  :: Sahakari Akhabar

काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि राष्ट्रिय सहकारी बैंकले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ । आईतबार पनि सहकारी संस्था संचालन भएमा उनीहरुलाई सेवा दिनका लागि बैंकले कार्यालय संचालन गर्ने तयारी गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

‘सबै सहकारीमा आइतबार बिदा नहुन पनि सक्छ’ उनले सहकारी अखबारसँग भने, ‘कम्तीमा ५० प्रतिशत सहकारी खुले भने बैंकले आइतबार पनि सेवा दिन सक्छ ।’ झापालगायत केही जिल्लाका सहकारीले शनिबार पनि सेवा दिइरहेका बताउदै उनले सहकारी संस्थाहरुले सदस्यलाई सेवा दिन आइतबार पनि सेवा सुचारु गर्न सक्ने बताए ।

सहकारी बैंक सहकारी क्षेत्रको एकमात्र बैंक हो । बैंकले सहकारी संस्थाहरुबाट निक्षेप संकलन गर्ने र उनीहरुलाई नै ऋण लगानी गर्दै आएको छ । यद्यपी नेपाल राष्ट्र बैंकले भने शनिबार र आइतबार दुईदिन नै बैंक तथा वित्तिय संस्था बन्द गर्न निर्देशन दिएको छ । 



Leave a comment