रामेछाप । सिम्बोलिक बचत तथा ऋण सहकारी संस्था जडिबुटी काठमाडौंका सचिव हरिराम गिरीले सहकारीमार्फत आयआर्जन, कृषि, शिक्षा, स्वास्थ्यमा जोड्ने योजना अघि सारेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका वडा अध्यक्षका उम्मेदवार गिरिले आफूले जितेमा बस्ती, गाउँसमाजमा उत्पादनमै जोड दिने उनले बताए ।
बिउबिजनमा सहजीकरण गर्ने उनको योजना छ । वडाले प्रशोधन, भण्डारण र बजारीकरणमा सहजीकरण गर्ने गिरिले बताए । खेतियोग्य जमिन भएपनि सदुपयोग हुन नसकेको भन्दै सहकारीमार्फत उत्पादन बढाउन जोड दिएका छन् ।
रामेछापमा सबस्टेसनबाट गाउँलेहरु धेरै पीडित भएको भन्दै सेवासुविधा दिलाउनका लागि लागि पर्ने बताए । रामेछापमा तामाकोशी, मध्यपहाडी लोकमार्ग लगायत भएकाले यसबाट सर्वसाधारणलाई जोड्दै आर्थिक उपार्जनतर्फ केन्द्रित हुने उनले बताए ।
वडावासीले वडा अध्यक्षमा निर्वाचित गराएमा उनले सरकारी सुविधा नलिने घोषणा गरेका हुन् । उनले घर ब्यवहार चलाउन र कमाउनका लागि नभइ नागरिकको सेवाका लागि उम्मेदवारी दिएको उनको भनाइ छ ।
गिरि सरकारी सेवाबाट निवृत्त हुन् ।
सहकारीमार्फत वडावासीको आयस्तर सुधार्ने उनको अठोट छ । सहकारीमार्फत उत्पादन बढाउन उनले नीतिगत व्यवस्था गर्ने बताए । वडा अध्यक्ष भएपछि प्राप्त हुने सरकारी सुविधा सामाजमा रहेका विपन्नहरुको स्वास्थ्य र शिक्षामा खर्च गर्ने उद्घोष गरेका छन् ।
प्रसुति तथा विपन्नका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने, अन्यलाई ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराउनुका साथै वडा मा नै सबे खाले रोगको परिक्षण तथा उपचारका लागि लाग्ने उनको भनाइ छ । वडामा नै ५ वेड सहितको अस्पताल निर्माण गर्ने उनले बताएका छन् ।
गिरीले किसानहरुको कृषिमा देखा पर्ने सबै खाले समस्या समाधानका लागि वडामा अनिवार्य रुपमा कृषि प्राविधिकको व्यवस्था गर्ने बताए । ‘समृद्ध वडा सुखी वडाबासी’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि सबै क्षेत्रमा कार्यक्रम ल्याउने उनको अठोट छ ।
गिरी नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील रहेका सक्रिय नेता हुन् । उनी नेपाल सरकारको प्रहरी सहायक निरीक्षक सेवाबाट निवृत्त पूर्व प्रहरी हुन् । गिरी सरकारी सेवाबाट निवृत्त भएदेखि नै सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील भएका छन् ।
Leave a comment