वडाध्यक्षका उम्मेदवार श्रेष्ठको प्रतिवद्धता : सहकारीवादको माध्यमबाट रोजगारी सिर्जना 

वडाध्यक्षका उम्मेदवार श्रेष्ठको प्रतिवद्धता : सहकारीवादको माध्यमबाट रोजगारी सिर्जना  :: Sahakari Akhabar

काठमाडौं । बालकोटस्थित चमेरो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेका भिमसेन श्रेष्ठ सूर्यविनायक नगरपालिका—१ को वडाध्यक्षको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको कोटाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उनले चुनावी प्रचारमा समते सहकारीलाई नै प्राथमिकता दिएका छन् ।

श्रेष्ठले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा सहकारीवादको माध्यमबाट रोजगारी सिर्जनामा जोड दिने योजना अघि सारेका छन् । इन्जिनियर समेत रहेका उनले विभिन्न जिल्ला विकास समितिमा रहि पूर्वाधार विकासमा अनुभव हासिल गरेको र त्यसलाई व्यवहारमा उतार्ने योजना छ ।

चमेरो सहकारीमार्फत आर्थिक सामाजिक रुपान्तरण, व्यापार, व्यवसाय, कृषि, यातायात र शिक्षाको क्षेत्रमा सूर्यविनायमक नगरपालिका वडा नं १ सिरुटारसहित कार्यक्षेत्रभित्र सदस्यहरुको जीविकोपार्जन सुधारका लागि ३० करोड लगानी भएको श्रेष्ठले आफ्नो प्रतिवद्धतामा उल्लेख गरेका छन् । यसैगरी चमेरोको स्वघोषित भिजन अनुसार नै सामाजिक आर्थिक विकासका लागि काम भइरहेको पनि उनले दावी गरेका छन् ।

सहरी योजना विज्ञ रहेका श्रेष्ठले आफुले जितेमा ल्याण्ड पुलिङको माध्यमबाट वस्ति विकास गर्ने, पिपिपि मोडलमा विकास योजना अघि बढाउने, सडक संजालको विकास गर्ने,  फुड ग्रिन सिटीको विकास गर्ने, वातावरण मैत्री स्थानिय सरकारको निर्माण, वालमैत्री स्थानिय सरकार, स्मार्ट वडा कार्यालय, लैङ्गीक तथा सामाजिक समावेशी, कृषि मूल्य श्रंखलाको विकास जस्ता एजेण्डा अघि सारेका छन् ।  यसैगरी हाल संचालनमा रहेको चमेरो यातायातलाई नगर वसको रुपमा ।



Leave a comment