हाइलाइट

मिलिजुली कालिन्चोक साकोसको क्युआर कोड सेवा सुरु

मिलिजुली कालिन्चोक साकोसको क्युआर कोड सेवा सुरु :: Sahakari Akhabar

दोलखा । मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले क्युआर कोड  सेवा सञ्चालनमा ल्याएको छ । संस्थामा  आवद्ध शेयर सदस्यहरुलाई प्रविधियुक्त सेवा दिने उद्धेश्यले संस्थाले उक्त सेवा संचालनमा ल्याएको हो । संस्थाले डिजिटल बित्तिय सेवा प्रयोग गर्न चाहाने शेयर सदस्यहरुको सहभागितामा डिजिटल बित्तिय सेवा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी क्युआर कोड स्ट्याण्ड बितरण गरेको हो ।

रेमिटेन्स् मिस्डकल बैंकीङ्ग, क्युआर स्क्यान एण्ड पे सहित भएको मोवाईल बैंकीङ्ग सेवा बिगतदेखी प्रदान गर्दै आएकोमा संस्थाले हाल क्युआरकोड सेवा अन्तर्गत क्युआर स्टयाण्ड बितरण गरेको हो । संस्थाले प्रयोग गरीरहेको सफ्टवयर कम्पनी ईन्फोडेभलपर्स प्रा.ली. हिमालयन बैंक  र स्मार्ट च्वाईस टेक्नोलोजिसँग समन्वय गरी एटीएम सेवा समेत सञ्चालनमा ल्याईसकको छ । बर्तमान अवस्थामा आफ्ना शेयर सदस्यहरुलाई प्रविधि र मुस्कान सहितको सेवालाई संस्थाले प्राथमीकतामा राखेको जनाएको छ ।

संस्थाले भावि दिनमा आफ्ना शेयर सदस्यलाई पेपरलेस कार्यालय बाट क्यासलेस सेवा दिनु पर्दछ भन्ने मान्यता राखी पुर्वाधारहरु तयार गरीरहेको उल्लेख गरेको छ । संस्थाले प्रवाह गरेको प्रविधियुक्त सेवा लिने सम्पुर्ण शेयर सदस्यहरुलाई  धन्यवाद टक्रयाउदै सेवा लिन बाँकी रहेका सदस्यहरुलाई  प्रविधि सहितको मिलिजुली कालिञ्चोक साकोसको मोवाईल बैंकीङ्ग सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यता सञ्चालीत कार्यक्रममा सचिव  ठाकुर प्रसाद पाठकले स्वागत मन्तब्य, राखेका थिए , त्यसैगरी प्रमुख कार्यकारी अधिकृत  ईश्वर न्यौपानेले प्रस्तुति सहित सहजीकरण र सह ब्यवस्थापक  रमेश सापकोटाले कार्यक्रम सञ्चालन गरेक थिए ।
 



Leave a comment