हाइलाइट

कोअपरेटिभ मेनेजर्स क्लबमा नयाँ नेतृत्व

कोअपरेटिभ मेनेजर्स क्लबमा नयाँ नेतृत्व :: Sahakari Akhabar

काभ्रे । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपपलान्चोकमा नयाँ नेतृत्व चयन भएको छ । क्लवको विहिबार सम्पन्न प्रारम्भिक साधारणसभाबाट मदन बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन भएको हो । 

नवनिर्वाचित अध्यक्ष बस्नेत सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । 

क्लबको उपाध्यक्ष ज्योति मिर्मिरे सामुहिक साकोसका गोपाल दाहाल, सचिवमा आर्थिक विकास साकोसका ठाकुरनाथ अधिकारी, कोषाध्यक्षमा आयाम साकोसका सविना पन्त निर्वाचित भएका छन् । यसैगरी सदस्यमा सुवास वैद्य (आभाष साकोस), अरुण थापा (एक्सप्रेस साकोस), यशोदा के.सी. (महिला आधारशिला साकोस), मनोज रायमाझी (लक्ष्मी महिला साकोस) र पार्वती थापा (सक्षम साकोस) निर्वाचित भए । 

सहकारीको संस्थागत विकास, सुशासन र व्यवसायिकरणका लागि संगठीत संस्थाको परिकल्पनासहित जिल्ला प्रशासन कार्यालयमा २०७८ भदौमा दर्ता भएको क्लबमा तदर्थ समितिको अध्यक्ष  बुडोल सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत बिबेकराज ठकुरी रहेका थिए । 

सहकारीमा कार्यरत व्यवस्थापकहरुले सहकारी संस्थाहरुको लागि आवश्यक नीति, विधि र प्रविधिको विकास गर्ने क्लबको उद्देश्य  छ । नयाँ नयाँ सोचहरुको विकास र आधुनिकिकरण गर्न अनुसन्धान तथा विकासका कार्यहरु गर्ने, सहकारी अभियानका विषयहरुमा बहस, पैरवी गर्ने कार्यका लागि विषय विज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पु¥याउने, विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने क्लवको उद्देश्य रहेको छ । 
 



Leave a comment