हाइलाइट

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मन्त्रीलाई बुझायो प्रतिवेदन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मन्त्रीलाई बुझायो प्रतिवेदन :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई आज समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु मध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाको प्रगति विवरण बुझाएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभुत मुल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा मागदावी कर्ताहरुलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गरिन् । मन्त्री श्रेष्ठ सहकारीहरुमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागि पर्नु पर्ने जोड दिइन् ।

आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ । सहकारी संस्थाले सहकारीको मूल्य, मान्यता र सिद्धान्तले स्व–उत्तरदायी, इमान्दारी, पारस्परिक सहयोग जस्ता अवधारणलाई आत्मसाथ गरी सहकारीमा सुशासन प्रवद्र्धन गर्ने कानुनी जिम्मेवारी विपरित हुने गरी कार्य गरेको कारण सहकारी संस्था समस्याग्रस्त बनेको समितिले निश्कर्ष समितिले निकालेको छ ।

समितिले निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्त विपरित कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिदाँ जमानत वा सुरक्षण नराखी वा धितोको अस्वभाविक बढी मुल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको प्रतिवेदनले देखाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।



Leave a comment