हाइलाइट

सहकारीकर्मीबाट जनप्रतिनिधिका रुपमा अघि बढ्दै भट्टराई 

सहकारीकर्मीबाट जनप्रतिनिधिका रुपमा अघि बढ्दै भट्टराई  :: Sahakari Akhabar

काठमाडौं । सरिता भट्टराई, सहकारी अभियानमा नौलो र अपरिचीत नाम होइन । प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय तहसम्मको नेतृत्वमा रहि खेलेको भूमिकाबाटै उनले आफ्नो पहिचान स्थापित गरेकी छिन् । सहकारीको नेतृत्वमा पहिचान बनाउन सफल उनीले यतिबेला जनप्रतिनिधिको दावेदारका रुपमा आफुलाई प्रस्तुत गरेकी छिन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरको  उम्मेदवार बनेकी भट्टराई घरदैलो अभियानमा व्यस्त छिन् । राजनीतिक नेता भन्दा बढि सहकारी र सामाजिक अभियन्ताको पहिचान बनाएकी उनी त्यहि आधारमा पनि जनताले आफुलाई पत्याउनेमा ढुक्क देखिन्छिन् ।

जनप्रतिनिधिका रुपमा चुनिएमा स्थानिय तहको विकास गर्न सहकारी क्षेत्रसँग हातेमालो गर्ने उनको योजना छ । पालिकाभित्र विकास निर्माणदेखि व्यवसायीक र सामाजिक कामहरुमा सहकारीलाई परिचालन गर्ने उनले सोच छ ।

‘म सहकारी क्षेत्रमा काम गर्दै आईरहेकी मान्छे, व्यक्तिका सबै खालका आवश्यकता नजिकबाट बुझेकी छु’ उनले भनिन्  ‘त्यी सबै आवश्यकताहरु सहकारीले पुरा गर्छ भन्ने धारणाका साथ एक जनप्रतिनिधि भएर लागु गर्न चाहन्छु ।’

आफु जनप्रतिनिधि भएपछि जनतासम्म पुगेर मानविय विकासका पूर्वाधार पुरा गरिदिने र त्यसका लागि सहकारी माध्यम हुने भट्टराईले बताइन् । यसैगरी महिलाहरु आर्थिक क्रियाकलापमा सक्रिय गराउनका लागि समेत सहकारीलाई अघि बढाउने उनको योजना छ ।

अझैपनि धेरै महिलाहरुलाई परिबारको आम्दानी स्रोत र खर्चको शिर्षकहरुका बारेमा जानकारी कम हुने र महिलाहरुको सहभागिता बढाउनका लागि बढी भन्दा बढी वित्तिय साक्षरता प्रदान गर्नुपर्ने आवश्यकता रहेको उनको बुझाइ छ ।

राष्ट्रिय सहकारी बैंकको संचालक समेत रहकी भट्टराई सहकारीको शिक्षा तालिमका क्रियाकलापमा समेत सक्रिय छिन् । उनी महिलासँगै युवालाई नै वित्तिय साक्षरताको आवश्यकता रहेको र त्यो काम स्थानिय तहले गर्नुपर्ने बताउछिन् ।

अहिले पनि स्थानिय तहले विभिन्न तालिमहरु दिने गरेका छन् । तर, त्यसबाट कति प्रभावित भए वा त्यहि तालिम लिएर कति जनाले सोही अनुरुप काम गरे भन्ने तथ्यांक नगरपालिकासँग छैन । स्थानिय तहले जनताको आवश्यकता नबुझी तालिम दिदा त्यसको प्रतिफल नदेखिएको र यसमा सुधार आवश्यक रहेको भट्टराईले बताइन् । नगरपालिका भित्रैका कतिपय ग्रामिण क्षेत्रमा कृषि उत्पादन भएपनि त्यसको बजार पहुँच सहज नभएको र बजारीकरणमा सहकारी क्षेत्रलाई परिचालन गर्ने भट्टराईको योजना छ ।



Leave a comment