हाइलाइट

रेणु दाहालको घोषणापत्र : ५ करोडसम्मका निर्माण श्रम सहकारीमार्फत गरिने

रेणु दाहालको घोषणापत्र : ५ करोडसम्मका निर्माण श्रम सहकारीमार्फत गरिने :: Sahakari Akhabar

चितवन । नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले घोषणापत्र जारी गर्र्दै ५ करोडसम्मको निर्माणको काम श्रम सहकारीमार्फत गराउने उल्लेख गरेकी छन् । सत्ता गठबन्धनबाट भरतपुरको मेयरको उम्मेदवार बनेकी दाहालले श्रम सहकारीको व्यवस्था गरी ५ करोड सम्मको निर्माणका काम गर्ने प्रतिवद्धता जनाएकी छन् । 

उपलब्ध स्रोतको अधिकतम परिचालन गरी सहकारी, सार्वजनिक र निजी क्षेत्रमार्फत औद्योगिक विकास गर्ने उनको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा सहकारीलाई उत्पादन र बजारसँग जोड्ने पनि उल्लेख गरिएको छ । सहकारीका उत्पादनलाई ब्रान्डिङ गरी ‘मेक इन भरतपुर’ बनाउने उल्लेख गरिएको छ । बखान सहकारीलाई सहकारी पर्यटनस्थलको रुपमा विकास गर्ने दाहालले घोषणापत्रमा समेटेकी छन् ।
 



Leave a comment