चीना थापा, विराटनगर । नेपाली काग्रेस विपी पार्टीबाट विराटनगर महानगरपालीकामा उम्मेदवारी दिएका उम्मेदवारले सहकारी संघसंस्थाहरुलाई आयकर नलाग्ने व्यवस्था हुनुपर्ने बताएका छन् । स्थानिय निर्वाचनका लागि उनीहरुले सहकारी संघ सस्थामा भोट माग्दै सहकारीमैत्री कानुन निर्माण गर्ने र महानगरका सहकारीलाई उत्पादन क्षेत्रमा लाग्न प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका मेयर पदका उम्मेदवार रामचन्द्र गौतमले नेपालको सहकारीको ६५ बर्षे अभियानमा नीतिगित र कानुनी अस्थिरता कारण सहकारी अभियानले गति लिन नसकेको बताए । स्वायत र स्वतन्त्र रुपमा चल्नुपर्ने भएपनि कहिले कृषि विकास बैंकको मातहत, कहिले भुमिसुधार त कहिले कृषि मन्त्रालय हुदै २०१६, २०४१, २०४८, २०७४ मा सहकारी ऐन कानुन निर्माण भएर सहकारी सञ्चालन भईरहेको अवस्था रहेको उनको भनाई छ ।
निर्माण भएका सबै कानुन पनि सहकारीमैत्री नभएको सहकारी अभियन्ता समेत रहेका गौतमले बताए । ‘सहकारीमा धेरै चुनौतिहरु छन्, त्यी चुनौतिहरुलाई हामीले पार लगाउन सकेनौ भने हाम्रो सहकारी अभियान धरापमा पर्छ’ उनले भने ।
उनका अनुसार सहकारीको मर्म, भावना र सिद्धान्तहरु नबुझी सहकारीहरु खोलीएका छन्, सहकारी भनेको बचत र ऋण मात्र भएको बुझाई छ धेरैको, स्थानीय उपलब्ध बस्तु तथा जनशक्तिमा आधारित सहकारीहरु खुल्न नसक्नु, विभिन्न एनजिओ आईएनजिओले आफ्नो कार्यक्रम अनुसार सहकारी खोलिदिने र कार्यक्रम सकिएपछि अलपत्र छाडिदिनाले पनि सहकारी भित्र चुनौतिहरु धेरै देखिएको छ ।
सहकारीहरु ज्ञान, शिप र प्रविधि तथा उद्योगतिर आकर्षित हुन नसकेको बताउँदै निर्वाचित भएमा महानगरका सहकारीलाई प्रविधियुक्त बनाउन पहल गर्ने गौतमले घोषणा गरे । अहिले सहकारीले पैसा किन्ने र बेच्ने काम मात्र गरेकाले यसलाई कम गर्ने र स्थानीय आवश्यकताको आधारमा सहकारी सञ्चालन गर्न प्रोत्साहन गर्ने बताए ।
उनले महानगरको मेयरमा निर्वाचित भए ऐन नियमलाई सहकारीमैत्री बनाउने, ऐन नियमले सहकारीको मुल्य, मान्यता, आदर्श हानी गर्ने खालको छ भने त्यसलाई परिमार्जन गरेर अघि बढ्ने उल्लेख गरे । हाल ऐनमा भएको रजिष्टारको एकाधिकार शक्तीहरुलाई सामुहिक शक्तिमा रुपान्तरण गर्न पहल गर्ने गौतमको भनाई छ ।
विषयगत तथा जिल्ला संघहरुलाई कानुनी रुपमा अधिकार सम्पन्न बनाउन पनि आफुले पहल गर्ने उनले बताए । राज्यले अनावश्यक रुपमा खोलेका सहकारी संस्थाहरुलाई व्यवस्थापन गर्नका लागि एउटा छुट्टै सहकारी अनुगमन, नियमन रनिरिक्षण गर्ने अधिकार सम्पन्न निकायको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेकाले त्यो तर्फ पनि आफु तयार रहेको उनले बताए ।
राज्यबाट उपेक्षित क्षेत्रका रुपमा रहेको सहकारी अभियानलाई जनस्तरसम्म पुर्याई लोकप्रिय अभियानको रुपमा स्थापित गराउने, सहकारी मार्फत सुपथ मुल्यका पसल सञ्चालन गर्नको लागि विराटनगर महानगरपालिकाबाट निरव्याजि रुपमा बिउपुजीको व्यवस्था गराउने, हाल सहकारी आयमा लाग्दै आएको आयकरलाई सरकारसँग समन्वय गरी आयकर नलाग्ने व्यवस्थाको लागि पहल गर्ने समेत उल्लेख गरिन् ।
गौतम जिल्ला सहकारी संघ मोरङका सल्लाहाकार हुन भने उनले लामो समय कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएर काम गरेका थिए । उनले लामो समय डिभिजन सहकारी कार्यालयमा रहेर पनि काम गरेका थिए भने विराटनगर महानगरपालिकामा सहकारी विज्ञको रुपमा ५ बर्ष काम गरेका छन् । त्यसैगरी उपमेयरकी उम्मेदवार माया ओझाले पनि आफु निर्वाचित भए सहकारी क्षेत्रलाई विशेष प्राथमिकता दिने बताएकी छिन् ।
उनले सहकारी क्षेत्रमा सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासको लागि सदस्य केन्द्रित व्यवसाय गर्न जोड दिने, राज्यबाट उपेक्षित क्षेत्रका रुपमा रहेको सहकारी अभियानलाई जनस्तरसम्म पुर्याई लोकप्रिय अभियानको रुपमा स्थापित गराउने, सहकारी मार्फत सुपथ मुल्यका पसल सञ्चालन गर्नको लागि विराटनगर महानगरपालिकाबाट निरव्याजि रुपमा बिउपुजीको व्यवस्था गराउने, हाल सहकारी आयमा लाग्दै आएको आयकरलाई सरकारसँग समन्वय गरी आयकर नलाग्ने व्यवस्थाको लागि पहल गर्ने समेत उल्लेख गरिन् ।
त्यस्तै ओझाले सहकारी संस्थाहरुबाट संचालित स–साना लघु तथा कुटिर उद्योगहरुमा गरिएको लगानीमा व्याज अनुदानको व्यवस्था मिलाउन पहल गर्ने, सञ्चालनमा रहेका महानगरका सहकारी संस्थाहरुको स्तरउन्नती गर्नको लागि आवश्यक तालिम र प्रविधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।
ओझा विराटनगरमा रहेको गोरखा बचत तथा ऋण सहकारी संस्थाको हाल प्रवन्धक हुन । प्रवन्धक हुनुभन्दा अगाडी सोही सहकारीको अध्यक्ष भएर काम गरेकी थिईन भने अहिले जिल्ला सहकारी संघ मोरङको सञ्चालक समिति सदस्य हुन ।
Leave a comment