भरतपुर । पोखराको आस्था बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले भरतपुरको हाम्रो चित्रवन साकोस अध्ययन अवलोकन गरेका छन् । सहकारी अध्ययन अवलोकन भ्रमणका क्रममा संस्थाका संचालक समिति, लेखा समिति, ऋण उपसमिति लगायतका २९ जनाले उक्त संस्था भ्रमण गरेको हो ।
यसै क्रममा हाम्रो चित्रवन साकोसका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले संस्थाका बारेमा प्रस्तुती गरेका थिए । आस्था बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले सहकारी अध्ययन तथा सिकाईको लागी चित्रवन महत्वपुर्ण संस्था रहेको बताए ।
पछिल्लो समय चित्रवनमा सहकारी अध्ययन तथा अवलोकनमा आउने साकोसहरुले हाम्रो चित्रवन साकोसलाई एक अवलोकन गन्तव्यको रुपमा लिने गरेको संस्थाका बरिष्ठ व्यवस्थापक तुलसीराम धितालले बताए ।
Leave a comment