हाइलाइट

हाम्रो जनकल्याण साकोसको स्थापना दिवसमा रक्तदान

हाम्रो जनकल्याण साकोसको स्थापना दिवसमा रक्तदान :: Sahakari Akhabar

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले  २६ औं स्थापना दिवसको अवसरमा  रक्तदान  कार्यक्रम आयोजना गरेको छ । 

संस्थाले चरिकोटको सातदोबाटोमा २६ औं स्थापना दिवसको अबसरमा  खुल्ला रतmदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।

जिल्लामा रगतको अभाव नहोस भनेर नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वय र हाम्रो जनकल्याण साकोसकाले रक्तदान आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजन श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति गोकर्ण पोखरेलले रक्तदाताहरुलाई ब्लड व्याग दिएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्थापना दिवसका अवसरमा सम्पूर्ण शेयर सदस्य, बालबचतकर्ता, नियमनकारी निकाय, छातासंगठन लगायत सबैमा संस्थाले कृतज्ञता अर्पण गरेको छ ।



Leave a comment