हाइलाइट

कोन सामुदायिक साकोसद्धारा श्रमिक दिवसमा रक्तदान

कोन सामुदायिक साकोसद्धारा श्रमिक दिवसमा रक्तदान :: Sahakari Akhabar

पोखरा । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय २४ जनाले रक्तदान गरेका छन् ।

संस्थाका अध्यक्ष तिर्थबहादुर बस्नेतको अध्यक्षता तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको  प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । हालसालै स्थापना भएको आर्वा बहुउद्वेश्यीय सहकारी संस्थाको सहकार्यमा संस्थाको नवनिर्मित भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।


 



Leave a comment