हाइलाइट

विश्वभरका सहकारीका युवा संगठित हुँदै

विश्वभरका सहकारीका युवा संगठित हुँदै :: Sahakari Akhabar

काठमाडौं ।  विश्वभरका सहकारी युवा संगठित हुन थालेका छन् । सहकारीमा लागेका नेपाली युवाहरु पनि त्यस्ता कार्यक्रममा सरिक हुन थालेका छन् । फिलिपिन्सबाट पहिलो पटक सहकारीका युवाहरुलाई संगठित गर्न सुरुवात गरिएको छ ।

चन्द्रागिरि साकोसको युवा उप समितिले अन्तर्राष्ट्रिय कार्यक्रममा उपस्थिति जनाएको छ । फिलिपिन्समा एसियन क्रेडिट युनियन नेटवर्क अफ इमर्जिङ लिडर (एसियुइएल) गठन कार्यक्रमको अवसरमा संस्थाको युवा तथा उद्यमशिलता प्रवद्र्धन उप समितिको सदस्य रीजु मानन्धरले कार्यपत्र प्रस्तुत गरीन् ।

मानन्धरले एशियाका युवाहरुको आवाज भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् । नेपालका सहकारीमा युवाहरुको अवस्था, सहकारीहरुले दिगो विकास लक्ष्य हासिल गर्न खेलिरहेको भुमिकाका विषयमा समेत उनले प्रकाश पारीन् । कार्यक्रम बैशाख १५ गते भच्र्युअल माध्यमबाट भएको थियो ।

एशियाली ऋण महासंघ (अक्कु) ले सुरुवात गरेको उक्त कार्यक्रम सहकारीका युवा नेतृत्वलाई एक आपसमा साक्षात्कारको अवसर प्रदान गर्ने उद्धेश्य रहेको छ । आफ्ना सिकाई, अनुभव र भावनाहरु साटासाट गर्ने जस्ता कृयाकलापहरुको माध्यबाट सहकारी संस्थाहरुलाई  सवल र सुरक्षित बनाउने सहकारीले जनाएको छ ।



Leave a comment