हाइलाइट

लालिगुराँस साकोसद्धारा आमा सम्मान कार्यक्रम 

लालिगुराँस साकोसद्धारा आमा सम्मान कार्यक्रम  :: Sahakari Akhabar

विराटनगर । मोरङको वेलवारीमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले मातातिर्थ र्औँशीको अवसरमा शुक्रबार आमा सम्मान कार्यक्रम गरेको छ । शेयर सदस्य रहेका तथा शेयर सदस्यका आमाहरुलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।

सहकारीका अध्यक्ष दुर्गा गौतमका अनुसार  मातातिर्थ औंशीको अवसरमा हरेक बर्ष सम्मान कार्यक्रमको आयोजना गर्ने गरिएको छ । सोही कार्यक्रम अनुसार यो बर्ष पनि विगतमा सम्मान नगरिएका २३ जना आमाहरुलाई सम्मान गरिएको गौतमले जानकारी  दिए ।

सहकारीका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सोमनाथ निरौला, अन्य सहकारीकर्मी लगायत सेयर सदस्यहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमितिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 



Leave a comment