चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनले तरलता ब्यवस्थापन र ऋण लगानी तथा असुलीको बिषयमा गहन छलफल गरेको छ । तेस्रो त्रैमासिक समीक्षा बैठकका क्रममा तरलता अभावबारे छलफल भएको हो।
संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाका सचिव कृष्णप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले कार्य प्रगतिको समीक्षा र आगामी कार्ययोजनाको बिषयमा प्रस्तुत गरे । संस्थाका सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति सहित ब्यवस्थापन प्रमुखको सहभागीता रहेको थियो।
Leave a comment