हाइलाइट

सहकारीका समस्या समाधान गर्न पहल गर्छु : मन्त्री पौडेल

सहकारीका समस्या समाधान गर्न पहल गर्छु : मन्त्री पौडेल :: Sahakari Akhabar

दोलखा । बागमती प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा सहकारी ऐन, नियम, मापदण्ड तथा अनुगमन सम्वन्धी विधमान व्यवस्थाको विषयमा दोलखमा अन्तरक्रिया सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघको समन्वयमा भएको  कार्यक्रममा बोल्दै मन्त्री बलराम पौडेलले सहकारीको समस्या समाधान गर्न पहल गर्ने बताए । कतै समस्या देखिए समधान गर्नतर्फ लाग्ने उनको भनाइ छ । आउँदो आवमा जिल्लामा सम्पर्क कार्यालय स्थापना गर्न पहल गर्ने उनले बताए ।

मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका विभिन्न सहकारी संघ र संस्थाका ब्यवस्थापक र प्रमुख कार्यकारी अधिकृत गरि घण् जानाको उपस्थिति थियो । सो अवसरमा सचिव निरौलाले कर्यपत्र प्रस्तुत गरे ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्तकुमार चौलागाईंले जिल्लाको सहकारीको अवश्यकता र समस्याको बारेमा जानकारी गराए । जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कटुवालले सहकारी उत्पादनतर्फ लाग्नुपर्ने बताए । 



Leave a comment