सहकारी विभागमा संघहरुको प्रतिवद्धता: कोमोमिस कार्यान्वयन गर्न सघाउछौं 

सहकारी विभागमा संघहरुको प्रतिवद्धता: कोमोमिस कार्यान्वयन गर्न सघाउछौं  :: Sahakari Akhabar

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई सहकारी तथा गरिबी निवारण प्रणाली (कोपोमिस) मा आवद्ध गराउन राष्ट्रिय सहकारी महासंघसहित केन्द्रीय संघहरुले सहयोग गर्ने भएका छन् । संघिय सहकारी विभागले औपचारिक कार्यक्रम गरी संघहरुलाई कोपोमिस कार्यान्वयनका लागि प्रतिवद्धता गराएको हो  ।

विभागका उपरजिष्ट्रार खिमानन्द आचार्यले कोपोमिसमा संस्थाहरुलाई आवद्ध गर्नका लागि काम गर्ने संघहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए । ‘हामीले अभियानका अगुवाहरुसँग कार्यान्वयनका लागि सहयोग मागेका छौं’, उनले भने, ‘उहाँहरुले सहयोग गर्ने हामीलाई लिखित प्रतिवद्धता नै जनाउनुभएको छ ।’

कोपोमिस कार्यान्वयनमा आएको लामो समयसम्म पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि विभागले संघहरुको सहयोग लिन लागेको हो । यसैगरी विभागले सफ्टवेयर प्रणालीमा पनि सुधार अघि बढाएको छ । कोपोमिसमा सर्भर तथा स्टोरेज क्षमता बढाउन सफ्टवेयर कम्पनी शास्त्र नेटवर्क सलुसन इंकलाई ४६ लाख ८१ हजार ३०० रुपैयाँमा जिम्मेवारी दिएको छ ।

अधिकांश सहकारीले कोपोमिस एकतर्फी भएको भन्दै आबद्ध हुन आनाकानी गरिरहेका थिए । विभागले यसका प्राविधिक त्रुटी सुधार गरेर दोहोरो संवाद हुने व्यवस्था मिलाइसकेको छ । विभागले चार वर्षदेखि कोपोमिस कार्यान्वयन गर्न पहल थालेपनि प्रभावकारी हुन सकिरहेको छैन ।

विभागका अनुसार हालसम्म ३८ प्रतिशत अर्थात ११ हजार ४१३ सहकारी संस्थाले मात्र कोपोमिसको युजर नेम र पासवर्ड लिएका छन् । यसमध्ये ७ हजार ४२१ ले कम्तीमा एकपटक लगइन गरेका छन् । पासवर्ड लिएका सहकारीमध्ये पनि अधिकांशले नियमित अपडेट गरेका छैनन । 

कोपोमिसमा राष्ट्रिय सहकारी महासंघ नै आबद्ध भएको छैन । राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून लगायतले पनि कोपोमिसमा सूचना प्रविष्ट गरेका छैनन् । उपरजिष्ट्रार आचार्यले अब सबै संघहरु पनि छिट्टै कोपोमिसमा आउद्ध हुने बताए ।



Leave a comment