काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको असर सहकारीमा पनि परेसँगै सहकारी संघहरुको पनि व्यवसाय विस्तार प्रभावित हुन थालेको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण अनुसार संघको बचत र कर्जाको साथै कुल कारोबार पनि घटेको हो । २०७८ पुससम्ममा एक अर्व ४७ करोड निक्षेप संकलन गरेकोमा २०७८ चैतसम्ममा घटेर एक अर्व ३५ करोड रुपैयाँमा झरेको छ ।
यसैगरी पुस मसान्तको तुलनामा संघको कर्जा लगानीमा पनि गिरावट आएको छ । २०७८ पुससम्ममा एक अर्व ३३ करोड कर्जा प्रवाह गरेकोमा चैतसम्ममा घटेर एक अर्व २४ करोड रुपैयाँमा झरेको छ । संघको कुल कारोबार पनि एक अर्व ६५ करोड रुपैयाँबाट घटेर एक अर्व ५५ करोड रुपैयाँमा झरेको छ ।
संघले २०७८ चैतसम्ममा ४ करोड ५९ लाख संचालन नाफा गरेको छ । सहकारीका संघहरुमध्ये ललितपुर बचत संघले अपरिस्कृत वित्तीय विवरण त्रैमासिक रुपमा प्रकाशित गर्ने प्रचलन सुरु गरेको हो । संघको पारदर्शिताका लागि वित्तीय विवरण त्रैमासिक रुपमा प्रकाशन गर्न थालिएको संघले जनाएको छ ।

Leave a comment