ललितपुर । ललितपुरको हाम्रो बचत तथा ऋण सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थाबीच मर्ज भएको छ । हाम्रो सहकारीका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले बागमती प्रदेश रजिष्ट्रार कार्यालयबाट एकीकरणको प्रमाणपत्र लिइसकेको बताए । संस्थाले हालसम्म चारवटा सहकारी एकीकरण गरिसकेको छ ।
२०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएको हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०७६ साल मंसिर ३० गते एकीकरण भई हाम्रो नमुना, हाम्रो थैली र सेवक साकोस एकीकरण भई हाम्रो बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरण मन्त्रालय बागमती प्रदेशको सहकारी महाशाखाका रजिस्ट्रार नारायण ज्ञावालीले एकीकरण हस्ताक्षर प्रमाणपत्र दिएका छन् । दर्ता हुँदा २०५५ मा ज्ञवाली नै सहकारी प्रमुख थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मर्ज गरेर बलियो संस्था बनाउन लागिपरेको बताए । आफ्नै गाउँतिरको सहकारी मर्ज गरिएको बताए । जनगारणका साढे २ सय सदस्य र २ करोडको कारोबार हुँदै आएको थियो । एकीकरणपछि हाम्रो साकोसको १ अर्ब ७२ करोड हुने छ । सदस्य ६ हजार ७ सय हुने छन् ।
Leave a comment