काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले तीन दिवसीय व्यवसायिक क्षमता विकास तालिम सुरु गरेको छ । वागमती प्रदेश सहकारी विकास वोर्डसँगको सहकार्यमा जिल्ला सहकारी संघमा कार्यरत व्यवस्थापकहरुलाई लक्षित गरी तीन दिवसीय व्यवसायिक क्षमता विकास तालिम सुरु गरेको छ ।
तालिम कार्यक्रमको बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले ले उद्घघटन गरेका थिए । उनले बजेट कार्यान्वयन र तालिम सञ्चालन प्रकृयालाई नै परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले बागमती प्रदेश सहकारी विकास बोर्डले राष्ट्रिय सहकारी महासंघसंग सहकार्य गरेको बताए । महासंघ मार्फत जिल्ला सहकारी संघका ब्यवस्थापकहरुको क्षमता विकास तालिम सञ्चालन गर्दा प्रदेशका सबै सहकारी संघहरुलाई समेटिने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका वोर्ड सदस्य ओमदेवी मल्लले सहकारी संघसंस्थाहरुमा व्यवस्थापकको महत्व अत्यन्त भएको तथ्य औल्याउँदै बागमती प्रदेशमा रहेका १३ वटा जिल्ला सहकारी संघहरुलाई ब्यवसायिक रुपमा नै नमूना बनाउने उद्देश्यकासाथ महासंघले काम गरिरहेको जनाइन् ।
महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले जुन सहकारी संघ÷संस्थाहरुमा ब्यवस्थापक सक्षम छन तिनै सहकारी संघसंस्थाहरु सबल, चुस्त र व्यवसायिक रुपमा सफल भएको पाइएको बताउँदै आफ्ना सदस्य सहकारी संघहरुलाई समय सापेक्ष रुपमा सबल र व्यवसायिक बनाउने कार्यमा महासंघ लागिपरेको बताइन् ।
तालिमको पहिलो दिन आज व्यवस्थापकको नेतृत्वशीलता एवं सञ्चालकहरुसँगको सम्वन्ध विषयमा महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, त्यसैगरी वार्षिक योजना तथा कार्यक्रम निर्माण विषयमा महासंघका वरिष्ठ प्रवन्धक तेज प्रसाद गौतम एवं वस्तु तथा सेवा निर्माण विषयमा महासंघकै अनुगमन अधिकृत अचुतम थापाले सहजिकरण गरेका थिए । तालिम कार्यक्रम बैशाख १५ सम्म सञ्चालन हुनेछ।
Leave a comment