बिराटनगर । जिल्ला सहकारी संघ मोरङका सल्लाहकार रामचन्द्र गौतमले बिराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन । त्यसैगरी जिल्ला सहकारी संघ मोरङकी संचालक माया ओझाले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन । उनिहरुले नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवारी दर्ता गराएका हुन । कांग्रेसले बिपीले लिएको आदर्शको बाटो बिराएकोले आफ्नो पाटीले बिपीको बिचार बोकेर हिडेको उनको भनाइ छ ।
मेयरका उम्मेदवार गौतमले बिपीको प्रजातान्त्रिक समाजवादी बिचारलाई आफुले अघि बढाउने बताए । कांग्रेस (बिपी) ले मेयर, उपमेयरसहित विराटनगरको वडा नम्बर ४, ८ र १४ मा वडाध्यक्षमा पनि उम्मेदवारी दिएको उनले जानकारी दिए ।
चुनाब निर्वाचित भए सहकारीलाई प्राथमिकतामा राखेर आफुहरुले काम गर्ने उनिहरुको भनाइ छ । अघिल्लो पटक स्थानीय तहमा निर्वाचित कुनै जनप्रतिनिधिले सहकारिलाइ प्राथमिकता नदिएको र उनिहरुले सहकारी लाई नबुझेका कारण पनि प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ । सहकारी अभियानमा लागेको लामो समय भएको र सहकारिलाइ बुझेका कारण पनि आफ्नो प्राथमिकता सहकारि हुने गौतमले बताए
Leave a comment