काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा १२८ सहकारीको १ अर्ब १६ कराेड सेयर पुँजी भएको छ । यहाँका सहकारीले ७ अर्ब ७३ बचत परिचालन गरी ८ अर्ब २ करोड ऋण प्रदान गर्छन् । जगेडा कोषमा २० करोड ६ लाख, ऋण सुरक्षण कोषमा ११ करोड ६१ लख, स्थिरीकरण कोषमा १० लाख ५८ हजार र अन्य कोषमा १ करोड ७० लाख रुपैयाँ जम्मा गरेका छन् ।
मध्यपुर थिमिमा सञ्चालित सहकारीमा ५ सय ९७ जनाले रोजगारी गछर्न् । त्यसमध्ये ४ सय ३१ महिला र १ सय ६६ पुरुष हुन्। बचत १ सय १५, बहुउदेश्यीय ४, कृषि ६, उपभोक्ता २ वटा, नेपाल जेष्ठ नागरिक सेवा सहकारी १ सहकारी छन् । १५ वटा सहकारी निश्क्रिय छन् । १ सय १३ सक्रिय छन् रहेको सहकारी अधिकृत राइले बताए ।
उनका अनुसार ९० वटा सहकारीले वार्षिक प्रतिवेदन बुझाउँछन् । नियमित वार्षिक, मासिक र चौमासिकरुपमा सहकारीले प्रतिवेदन बुझाउने गरेका हुन् । सहकारी अधिकृत राइका अनुसार कोपोमिसमा ४० वटा सहकारीले नियमित अपडेट गर्ने गरेका छन् । नगरपालिकाले सचेतना गोष्ठी राखेर सहकारीलाई उद्देश्य अनुरुप काम गर्न प्रेरित गरिरहेको सहकारी अधिकृत राइ बताउँछन् ।
नगरपालिकाले सहकारीका लागि वार्षिक ७ लाख २५ हजार बजेट छुट्टाएको छ । यसबाट आधारभूत, पल्र्स लगायत सचेचनामूलक तालिम हुन्छ । सहकारी शाखा १ जना मात्रै कर्मचारी छन् । नगरपालिकाका सहकारी अधिकृत सुरेश राइले सहकारीको प्रभावकारी नियमन गर्न नसकिएको बताउँछन् । डिभिजन सहकारी कार्यालयले फाइल हस्तान्तरण गरेपछि स्थानीय तहमा सहकारी दर्ता भएको छैन ।
Leave a comment