महजोडीद्धारा जनउत्थानका सदस्यलाई बिमा रकम हस्तान्तरण

महजोडीद्धारा जनउत्थानका सदस्यलाई बिमा रकम हस्तान्तरण :: Sahakari Akhabar

रुपन्देही । कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेका छन् । संस्थाले सिटिजन लाइफ इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालित ऋण बिमा कार्यक्रम अन्तर्गत शुद्धोधन–३, सखुवानीका धनकुमारी बस्याललाई मह जोडीले ५ लाखको बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै मदनकृष्ण श्रेष्ठले संस्थाले गरेको प्रगतिको उच्च मूल्यांकन गर्दै आर्थिक शसक्तिकरणमा संस्थाले जोड दिन सुझाए । त्यस्तै कलाकार हरिवंश आचार्यले साकोसले समुदाय स्तरमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च प्रशंशा गरे ।

सिटिजन लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सहकारीसँग गरिएको बिमा सहकार्यले सहकारीको सदस्यलाई सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले संस्थाको गतिविधिबारे प्रस्तुतिकरण गरे । कार्यक्रमको सञ्चालन सचिव सरु रानाले गरेकी थिइन् । 



Leave a comment