कांग्रेसको घोषणापत्र : सहकारीलाई प्रविधिमैत्री बनाउने

कांग्रेसको घोषणापत्र : सहकारीलाई प्रविधिमैत्री बनाउने :: Sahakari Akhabar

काठमाडौं । आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र जारी गरेको छ । कांग्रेसले घोषणापत्र जारी गर्दै सहकारीलाई प्रविधिमैत्री बनाउने जनाएको छ । यसका साथै सहकारीको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

सहकारी क्षेत्रमा सुशासन कायम गरी मर्यादित बनाउन स्थानीय स्तरमा प्रभावकारी नियमनमा जोड दिने भएको छ । सहकारी संघसंस्थाहरुलाई एकीकरण गरी व्यवसायीकरण एवम् गुणस्तर विकास गर्ने भएको छ ।

कृषिजन्यउ मल, बीउ, यन्त्र, उपकरण लगायत सहकारी संघसंस्थामार्फत बिक्री वितरण गर्ने व्यवस्थालाई व्यवस्थित एवम् प्रभावकारी बनाउने भएको छ । सहकारी विद्यालय, कलेज, स्वास्थ्य केन्द्र लगायतको सञ्चालन गर्दा स्थानीय तहको समन्वयमा गर्ने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । 
 



Leave a comment