हाइलाइट

सहकारीकर्मी अधिकारी कानेपोखरी गाउँपालिका उपाध्यक्षको उम्मेदवार

सहकारीकर्मी अधिकारी कानेपोखरी गाउँपालिका उपाध्यक्षको उम्मेदवार :: Sahakari Akhabar

विराटनगर । नेकपा एमाले मोरङले कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा सहकारीकर्मी भोला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । रमाईलो जनएकता सहकारी संस्थाको अध्यक्ष रहेका अधिकारी गाउँपालिका अध्यक्षका आकांक्षी थिए ।

नेकपा एमालेले २०७४ सालको निर्वाचनमा पनि कानेपोखरी गाउँपालिकामा सहकारी अभियान्ता ताराबहादुर काफ्लेलाई उम्मेदवार बनाएको थियो । उनी अध्यक्षता निर्वाचित भएपनि सहकारी क्षेत्रलाई प्राथमिता नदिएको सहकारीकर्मीहरुको गुनासो थियो ।

२०७९ को स्थानिय तहको निर्वाचनमा पनि सो गाउँपालिकाको उपाध्यक्षमा एमालेले सहकारीकर्मीलाई नै अघि सारेको छ । अधिकारी लामो समयदेखि सहकारी क्षेत्रमा लागेका व्यक्ति हुन  । 
 



Leave a comment