हाइलाइट

जिल्ला संघको समन्वयमा ६३ जना विद्यार्थीलाई छात्रवृति

जिल्ला संघको समन्वयमा ६३ जना विद्यार्थीलाई छात्रवृति :: Sahakari Akhabar

झापा । जिल्ला सहकारी संघ झापाको समन्वयमा ६३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । छात्रवृतिमा २२ वटा प्रारम्भिक सहकारी संस्थाहरुले सिफारीस गरेका ६३ जना गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई जनहि २१ हजारका दरले छात्रवृति प्रदान गरेको हो ।

शनिबार झापा जिल्ला सहकारी संघले छात्रवृती घोषणा कार्यक्रम गरेको थियो । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश एक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री ओम सरावगी प्रमुख अतिथि तथा  डा. आनन्द श्रेष्ठको आतित्थ्यता रहेको थियो ।

छात्रवृति कार्यक्रमलाई अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरिएको हो । समाजले ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान सञ्चालन गरेर रकम संकलन गरेको थियो ।

सोही कार्यक्रममा झापाली समाज युएसएले नेपाल रेडक्रस सोसाइटी उपशाखा कुमरखोदलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको थियो । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि रकम पठाइएको थियो । जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत तथा सहसचिव कृष्णप्रसाद मिश्रले सहजीकरण गरेका  थिए ।

छात्रवृति कार्यक्रममा सहयोग गर्ने संस्थाहरु

►पूर्वीद्वर बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर
►सहारा नेपाल बचत तथा ऋण सहकारी सं.विर्तामोड
►अभियान नेपाल बहुउद्देश्यीय सहकारी सं.अर्जुनधारा
► नवोदय बहुउद्देश्यीय सहकारी सं.कमल
►साना किसान कृषि सहकारी सं.बुद्धशान्ति
► नमस्ते बचत तथा ऋण स।सं.गौरादह
►एकता बहुउद्देश्यीय सहकारी सस्था लि हल्दिबारी
► पूर्वनेपाल बहुउदेश्यीय सहकारी सस्था लि
►साना किसान कृषि सहकारी संस्था.महाभारा
► जनहितकारी बचत तथा ऋण सहकारी संस्था . कचनकवल
►पथरिया सानाकिसा कृषि सहकारी संस्था.कचनकवल
► गणेश बहुउद्देश्यीय सहकारी सस्था. बाह्रदशी
►आठमौजा बचत तथा ऋण स.सं .गौरीगज
► जन सेवा बचत तथा ऋण स. गौरीगञ्ज
►कर्णाली बचत तथा ऋण सहकारी संस्था. बिर्तामोड
►स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था. बिर्तामोड
►नव दुर्गा वहु। स।सं।.दमक
►हाम्रो नेपाल बचत तथा ऋण स.सं .बिर्तामोड
►न्यू पाथिभरा बचत तथा ऋण स।सं.झापा
►साना किसान सहकारी संस्था .भद्रपुर
►जय नेपाल बचत तथा ऋण सं.बिर्तामोड



Leave a comment