हाइलाइट

मिलिजुली कालिञ्चोकको पालिका माविस्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

मिलिजुली कालिञ्चोकको पालिका माविस्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न :: Sahakari Akhabar

दोलखा । चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले पालिका माविस्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

संस्थाको बार्षिक कार्यक्रम अनुसार शिक्षा उपसमितिको आयोजनामा  बैशाख ८ गते कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकामा सञ्चालित प्रतियोगिता कालिनाग मावि सिगँटीमा सम्पन्न भएको हो ।

प्रतियोगितामा कालिनाग मावि कालिञ्चोक गापा ३ सिगंटी प्रथम, जल्पाश्वरी मावि कालिञ्चोक गापा २ बाबरे द्धितिय तथा हिलेपानी संस्कृत मावि कालिञ्चोक गापा ४ लामिडाँडा तृतिय भएका छन् । त्यसैगरी कालिनाग मावि कालिञ्चोक गापा ८ सुनखानीले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घघाटन संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले गरेका थिए भने संचालक सदस्य एबं शिक्षा उपसमितिका संयोजक नारायणप्रसाद सापकोटाको अध्यक्षता रहेको थियो । संचालक सुरेशचन्द्र खड्काले स्वागत गरेका थिए । संस्थाको अध्यक्ष नारायण बहादुर श्रेष्ठले सहभागीलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए ।



Leave a comment