दाङ । घोराहीमा दुइ सहकारी एकीकरण भएका छन् । जिल्लाको नमस्ते बचत तथा ऋण सहकारी संस्था र बबई दिगो बचत तथा ऋण सहकारी संस्था बिच एकिकरण भएको हो । घोराही १५ मा रहेको नमस्ते र घोराही १० मा रहेको बबई साकोस विच एकिकरण भई नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था भएको हो ।
संस्थाको मुख्य कार्यालय घोराही १५ मा र नारायणपुरमा सेवा केन्द्र रहने गरि एकिकरण भएको हो । सहकारीमा लाग्नेहरुको दोहोरो सदस्यताको अन्त्य गर्ने र उस्तै प्रकृतिको काम गर्ने सहकारीहरु विच एकीकरण गर्ने तथा उस्तै प्रकृतीको काम गर्ने सहकारीहरु बिच एकिकरण गर्नुपर्ने सहकारी विभागको निर्देशन पछि घोराहीमा पहिलो पटक यी दुई सहकारी संस्थाहरु मर्ज भएका हुन् ।
अब दुई सहकारी मर्ज भएपछि कुल पुजी ८ करोड ५० लाख भएको र अहिले ५ करोड ५५ लाख १३ हजार ७ सय ७६ रुपैयाँ । ऋण परिचालन गरेको संस्थाका मुख्य व्यवस्थापक सुनिता थापाले जानकारी दिनुभएको छ । सहकारीमा एक हजार ३ सय ३२ जना सेयर सदस्य भएको छन् ।
संस्थाका अध्यक्ष अन्जनकुमार पौडेलको अध्यक्षता एवं जिल्ला बचत संघ दाङका उपाध्यक्ष हुमा डिसी को प्रमुख आतिथ्यता एवं घोराहीनगरपालिका सहकारी शाखा प्रमुख होमलाल भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
सहकारी मार्फत बितरण हुने ऋणलाई व्यवसायीक र उत्पादन मूलक उधम सग जोड्नुपर्नेमा समेत बक्ताहरुको सुझाब थियो । एकिकरण घोषणा तथा विषेश साधारणसभाले सहकारीको नयाँ कार्य समिति चयन गरिएको छ । अध्यक्षमा अन्जनकुमार पौडेल , उपाध्यक्षमा कोमल बहादुर बस्नेत र विक्रम कुवंर , सचिवमा ईन्द्रबहादुर बुढाथोकी , कोषाध्यक्षमा रोवरबहादुर रावतलाई चयन भएका छन् ।
सदस्यहरुमा गोमा अधिकारी , कमल शर्मा, मदन आचार्य, विनोदकुमार केसी जमुना रावत, संगिता डि.सी भएका छन् । सहकारीको लेखा सुपरिवेक्षण संयोजकमा शुनिलकुमार रेग्मी , सदस्यहरुमा शंकर शर्मा र दिनेश आचार्यलाई जिम्मेवारी दिएको छ । सहकारीको मुख्य व्यवस्थापकमा सुनिता थापालाई जिम्मेवारी दिएको छ ।
Leave a comment