हाइलाइट

सीतापाइला सहकारीको सरल सेवाकेन्द्र ललितपुरमा

सीतापाइला सहकारीको सरल सेवाकेन्द्र ललितपुरमा :: Sahakari Akhabar

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरमा सेवाकेन्द्र उद्धघाटन गरेको छ । सीतापाइला सहकारी संस्था र ललितपुरको सरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकिकरण पश्चात सेवाकेन्द्र स्थापना गरेको हो ।

एकिकरणपछि ललितपुरको बागडोलमा सरल सेवा केन्द्रको नाममा सञ्चालन हुने भएको छ । संस्थाका अध्यक्ष केदार मानन्धरको सभापतित्वमा भएको सेवाकेन्द्र उद्धघाटन सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले गरेका थिए ।

सोही अवसरमा संस्थाले सदस्यहरुका लागि एटिएम सेवा समेत शुभारम्भ गरेको छ भने गणेशमान मेमोरियल अस्पतालसँग सहकार्य गरी सदस्यहरुलाई स्वास्थ्योपचारमा विशेष छुटको व्यवस्था मिलाएको जनाएको छ ।
 



Leave a comment