काठमाडौं । तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले जेष्ठ सदस्यलाई भ्रमण गराएको छ । संस्थाले जेष्ठ सदस्यलाई कार्यविनायक खोकना, बुङमति र कटुवाल दह भ्रमण गराएको हो ।
भ्रमणमा ८७ बर्षसम्मका सदस्य रहेको जनाइएको छ । भ्रमणमा सहभागि मध्ये सवैभन्दा जेष्ठ सदस्य ८७ बर्षका चन्द्रबहादुर महर्जनलाई मायाको चिनो र नगद ५ हजारसहित सम्मनित गरेको थियो ।
साथै संस्थाले नव बर्षको अवसरमा शुभकामना आदन प्रदान सहित स्वेत गणेश भजन मन्डलिको संगीतमय कार्यक्रम गरेको थियो ।
Leave a comment